Logo

विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा काठमाडौं,लण्डन उत्कृष्ट पहिलो

विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा काठमाडौं,लण्डन उत्कृष्ट पहिलो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यमा परेको छ । २०१६ का लागि घुम्न जाने उत्कृष्ट गन्तव्यको २३ औ नम्बरमा काठमाडौं परेको हो । विश्वभर घुमेका लाखौं पर्यटकको छनोटमा ट्रिप एडभाइजरले उत्कृष्ट गन्तव्यहरु सार्वजनिक गरेको हो।

काठमाडौंपछि अस्ट्रेलियाको सिड्नी र हंगेरीको बुडापेस्ट उत्कृष्ट गन्तव्यमा परेका छन् । ट्रिप एडभाइजरको उत्कृष्ट पहिलो गन्तव्यमा बेलायतको लण्डन परेको छ । त्यस्तै उत्कृष्ट दोस्रो गन्तव्यमा टर्कीको स्तानवुल,तेस्रो स्थानमा मोरक्कोको माराकेच, चौथो स्थानमा फ्रान्सको पेरिस, पाँचौमा कम्बोडियाको साएम रिप परेका छन् ।

त्यस्तै छैठौंमा चेक गणतन्त्रको प्राग, सातौंमा इटालीको रोम, आठौं भियतनामको हनोई, नवौं अमेरिकाको न्युयोर्क, दसौं इन्डोनेसियाको उबुड, एघारौं स्पेनको बार्सिलोना र बाह्रौं स्थानमा पोर्चुगलको लिस्बन परेका छन् ।
यी गन्तव्य घुमेका पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर उसले सूची सार्वजनिक गरेको हो ।

ट्रिप एडभाइजरले हरेक वर्ष उत्कृष्ट गन्तब्यहरु सार्वजनिक गर्दै आएको छ । गतवर्ष पनि नेपाल उत्कृष्ट २५ गन्तव्यभित्र पर्न सफल भएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL