Logo

विदेशबाट आउने यात्रुका लागि तोकियो होटल क्वारेन्टाईन, यी हुन ७८ होटल

विदेशबाट आउने यात्रुका लागि तोकियो होटल क्वारेन्टाईन, यी हुन ७८ होटल



काठमाडौं । सरकारले नेपालका ७८ ओटा होटललाई विदेशबाट फर्कनेहरुको लागि क्वारेन्टाइन तोकेको छ । विदेशबाट फर्कने यात्रुहरुले अनिवार्य होटल क्वारेन्टाईनमा बस्नुपर्ने नियमका आधारमा सरकारले विभिन्न ७८ होटललाई क्वारेन्टाईन तोकेको हो ।

laxmi

पर्यटन विभागले एक सूचना जारी गर्दै कतार, टर्की र चिनबीच सातामा एक पटक उडान खोलेसँगै ७ वटा पाँचतारे, ४ तारे ३ वटा, ३ तारे ७ वटा, २ वटा रिसोर्टसहित नयाँ होटल क्वारेन्टाईनको सूची सार्वजनिक गरेको हो । विभागले यसअघि भारतबाट आउने यात्रुका लागि तोकिएको ८ होटललाई पनि यही सूचिमा समावेश गरेको छ ।

सरकारले खाडीका देश र मलेसियाबाट रोजगारी गरी फर्किएकालाई ५ दिन र अन्य देशबाट फर्कनेका लागि १० दिनको होटल क्वारेन्टाईन अनिवार्य गरेको छ । यसका लागि होटलहरु भने पर्याप्त खुला ठाउँ, अट्याच बाधरुम, खानाको व्यवस्थालगायत हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै क्वारेन्टाईनका लागि तोकिएको होटलमा बुफे, साउना, जिम, स्विमिंग पूललगायत भने खुला गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL