Logo

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, १५ वर्षमा पेन्सन पाउने

नागरिक लगानी कोषको नागरिक पेन्सन योजना, १५ वर्षमा पेन्सन पाउने



काठमाडौं । नागरिक लगानीकोषले नागरिक पेन्सन योजना कार्यान्वयनमा ल्याएको छ । कोषले विभिन्न संघ, संस्था एवम् श्रमिक कर्मचारी, सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहो नेपाली नागरिक समेत सहभागी हुन सक्ने गरी यो योजना लागू गरेको हो ।

laxmi

यस योजनामा सहभागी हुन चाहनेले मासिक न्यूनतम ५ हजारदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिनेछ । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक एवम् वार्षिक रुपमा रकम जम्मा गर्न सकिने व्यवस्था समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५०० रूपैयाँभन्दा बढी कम नहुने गरी बुझाउनुपर्नेछ ।

यस योजनामा सहभागी बचतकर्ताहरूले पेन्सन वा बचतको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन सक्नेछन् । पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदा गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भुक्तानी लिन वा पेन्सनको रुपमा भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागीता जनाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL