Logo

एनसेलको आकर्षक इण्डिया रोमिङ् प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा

एनसेलको आकर्षक इण्डिया रोमिङ् प्याक, छोटो समयका लागि भ्रमणमा जानेलाई फाइदा



काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरुका लागि आकर्षक रोमिङ् प्याक संचालनमा ल्याएको छ । यो प्याक सुचारु गरि ग्राहकले सबैभन्दा सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

laxmi

ग्राहकले कर सहित रु १०० मा यो रोमिङ् प्याक सुचारु गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन् । यसको अर्थ प्रतिदिन मात्र रु ३३ मा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन् ।

यो प्याक शुक्रबार (माघ १९)बाट संचालनमा आएको हो । यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

ग्राहकहरुले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

यो प्याक लिने बितिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सक्छन् ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् । यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्दछ । सबै भारतीय सेवा प्रदायकहरूसँग आफुले काम गर्ने भएकाले यो प्याकले विशेष गरी ग्राहकहरूलाई विभिन्न उद्देश्यका लागि भारत भ्रमण गर्दा सस्तो दरमा सजिलैसँग सम्पर्कमा रहन धेरै फाइदा पुर्याउने विश्वास एनसेलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL