Logo

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान, विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन

नेपाल टेलिकमको वार्षिकोत्सवमा रक्तदान, विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन



काठमाडौं । नेपाल टेलिकमद्वारा आयोजित कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको १९औं वर्षिकोत्सवका अवसरमा भद्रकालीस्थित केन्द्रीय कार्यालयमा उनीहरुले रक्तदान गरेको कार्यक्रम संयोजक समिता कोइराला जानकारी दिइन् ।

laxmi

विगतमा एक सय ५० भन्दाबढी कर्मचारी रक्तदानमा भाग लिने गरेकामा पछिल्ला वर्षमा कोरोना, डेंगीलगायतका कारण रक्तदान गर्नेको सङ्ख्यामा निकै न्यून रहेको बताइएको छ ।

नेपाल टेलिकम सरकारीस्तरमा सबैचभन्दा धेरै राजस्व बुझाउने सेवा प्रदायक कम्पनी हो । टेलिकमका मुलुकभर डेढ करोडभन्दा बढी ग्राहक छन् । यही माघ २२ गते टेलिकमले आफनो २२ औं स्थापना दिवस मनाउँदैछ । वार्षिकोत्सवका अवसरमा उक्त लिमिटेडले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुद प्रतियोगितासमेत सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL