Logo

एनसेलले ल्यायो न्यु इयर कम्बो अफर र रिचार्ज योजना, यस्ता छन् छुट र सुविधा

एनसेलले ल्यायो न्यु इयर कम्बो अफर र रिचार्ज योजना, यस्ता छन् छुट र सुविधा



काठमाडौं । यो नयाँ वर्ष एनसेलका ग्राहकहरुका लागि निकै नै विशेष हुने भएको छ । नयाँ वर्ष २०७९ को शुभ अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ ।

laxmi

यी अफरहरु आज आइतबार (चैत्र २७) बाट, संचालनमा आएका छन् । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्नेछन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

कम्बो प्याक अन्तर्गत ७ दिनको समयसिमा रहेको प्याक ग्राहकले कर सहित मात्र रु ९६ मा सुचारु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले रु १६८ मा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र रु १६८ मा सुचारु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक पनि रहेको छ जस अन्तर्गत ग्राहकले रु २९८ मा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक सुचारु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्नेछन् ।

कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । रु ७९८ मा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटा सहित नन् स्टप अन नेट कल सुविधा ९५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि०, ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्नेछन् । यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र रु ९९८ मा हरेक दिन २ जिबि डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँनेछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । रु ५० देखि रु ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तैगरी १०० देखि १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र रु २०० वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL