Logo

स्मार्ट टेलिकमले ल्यायो ‘दुई पछि फ्री’ आकर्षक अफर, दुई मिनेटबाहेक अनलिमिटेड निःशुल्क भ्वाइस कल

स्मार्ट टेलिकमले ल्यायो ‘दुई पछि फ्री’ आकर्षक अफर, दुई मिनेटबाहेक अनलिमिटेड निःशुल्क भ्वाइस कल



आकर्षक ग्राहक अफर अन्तर्गत स्मार्ट टेलिकमले ‘दुई पछि फ्री’ अफर ल्याएको छ । स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको बाहेक बाँकी सबै अनलिमिटेड निःशुल्क भ्वाइस कल सुविधा प्रदान गरेको कम्पनीले नेपालको टेलिकम जगतमै पहिलो अफर ल्याएको जनाएको हो ।

कोरोना माहामारीका कारण लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा ग्राहक वर्गहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले कम्पनी यस खालको सेवा अफर ल्याएको स्मार्ट टेलिकमले जनाएको छ । यस अफरले ग्राहक वर्गमा थप उत्साह र उमंग छाउनेमा आफुहरु विश्वस्त रहेको कम्पनीले विश्वास व्यक्त गरेको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग मन खोलेर अनलिमिटेड कुराकानी गर्न सक्ने कम्पनीको भनाइ छ ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरूको व्यावसायिक, सामाजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ’ स्मार्ट कम्पनीले भनेको छ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरूले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नुका साथै थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL