Logo

नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या ५५ लाख नाघ्यो, सबैभन्दा बढी एनसेलका

नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या ५५ लाख नाघ्यो, सबैभन्दा बढी एनसेलका



काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सेवा प्रयोग गर्नेको संख्या ५५ लाख नाघेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत भदौ महिनाको एमआईएस प्रतिवेदनका अनुसार भदौसम्म नेपालमा फोरजी ग्राहकको संख्या मात्रै ५५ लाख १६ हजार ४ सय ५४ पुगेको हो ।

laxmi

प्राधिकरणको प्रतिवेदनमा सबैभन्दा बढी फोरजी ग्राहक भने निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलका रहेका छन् । गत भदौसम्म एनसेलको फोरजी सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३७ लाख २९ हजार ४ सय ५३ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल टेलिकमको फोरजी सेवा उपयोग गर्ने ग्राहकको संख्या भने १६ लाख ४ हजार ४ सय ५६ पुगेको छ । साथै नेपालमा दूरसंचार सेवा प्रवाह गर्ने तेस्रो ठुलो सेवाप्रदायक स्मार्ट टेलिकमका फोरजी ग्राहकको संख्या सबैभन्दा कम अर्थात १ लाख ८२ हजार ५ सय ४५ रहेको छ ।

नेपालमा हाल ब्रोडब्याण्ड ईन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड २८ लाख ७९ हजार ७ सय २७ जना पुगेका छन् । जसमध्ये करिव ४८ लाख जनसंख्यासम्म ईन्टरनेट सेवाप्रदायकहरुले ब्रोडब्याण्ड पुर्याएपनि अन्य स्थानमा भने दूरसंचार सेवाप्रदायकहरुले विभिन्न माध्यमको ब्रोडब्याण्ड सेवा पुर्याउँदै आएका छन् ।

जसमध्ये हालसम्म नेपाल टेलिकमले एफटीटीएच, एडीएसएल, थ्रीजी, फोरजीलगायत गरी १ करोड १४ लाख १७ हजार जनासम्म आफ्नो ब्रोडब्याण्ड सेवा पुर्याएको छ । साथै उक्त सेवा एनसेलले भने ६५ लाख ८ हजार जनासम्म पुर्याएको छ ।

यस्तै नेपालमा हालसम्म भ्वाईस सेवा प्रयोग गर्नेको संख्या भने ३ करोड ७६ लाख ४३ हजार पुगेको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार नेपाल टेलिकमको भ्वाईस सेवा प्रयोग गर्नेको संख्या २ करोड १ लाख ४९ हजार पुगेको छ । साथै दास्रो ठुलो सेवाप्रदायक एनसेललका भ्वाईस सेवा उपयोग गर्ने ग्राहकको संख्या भने १ करोड ५३ लाख ३१ हजार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL