Logo

धरान उपमहानगरबासीले अब ईसेवामार्फत कर तथा राजस्व तिर्न सक्ने

धरान उपमहानगरबासीले अब ईसेवामार्फत कर तथा राजस्व तिर्न सक्ने



काठमाडौं । धरान उपमहानगरपालिकाको सबै कर अबदेखि इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । यो सँगै अबदेखि नगरबासीले सबैखाले सम्पत्ती कर, भूमी कर, व्यवसाय कर, घर तथा बहाल कर, दस्तुर तथा सेवा शुल्क इसेवाबाटै भुक्तानी गर्न सक्नेछन् । इसेवा एकाउन्ट भएका व्यक्तिले मोबाईलबाट सिधै कर तथा राजस्व भुक्तानी गर्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेको इसेवा जोन तथा पोइन्ट मार्फत कर भुक्तानी गर्न सक्ने भएका छन् ।

इसेवाका एजेन्ट विभाग प्रबन्धक रूपेश न्यौपानेले भने ‘स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा स्थानीय तह र त्यस क्षेत्रका बासिन्दालाई अझ सहज हुनुका साथै अहिलेको कोडिड १९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित बनाउनेछ’ ।
नगरबासीले दुई तरिका बाट इसेवा मार्फत भुक्तानी गर्न सक्नेछन् ।

नगरबासीले सुरूमा वडा कार्यालय मार्फत आफ्नो इमेल र फोन नम्बर दर्ता गराइ लगइन आइडी लिनुपर्नेछ । त्यसपछि इसेवाको मोबईल एप अथवा वेबसाइटबाट भुक्तानी गर्न सकिनेछ भने धरान नगरपालिकाको वेबसाइटबाट पनि युजरनेम र पासवर्ड हानेर इसेवा मार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL