Logo

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने, कागजात सक्कली नभए सिम नपाईने

अब सिमकार्ड लिन आफै उपस्थित हुनुपर्ने, कागजात सक्कली नभए सिम नपाईने



काठमाडौं । पछिल्लो समय अनधिकृत रुपमा उपयोग हुन थालेपनि नेपाल दूरसंचार प्राधिकरणले सिमकार्ड नियमन गर्ने भएको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै अबदेखि सिमकार्ड निकाल्न आफै आफ्नो सक्कली परिचयपत्र लिएर उपस्थित हुनुपर्ने भएको हो ।

एउटा व्यक्तिीको डाटामा दोस्रो व्यक्तिको पहुँच पुग्न गई त्यसको अनधिकृत प्रयोग हुनेगरेको भन्दै प्राधिकरणले सेवाप्रदायकलाई यस्तो निर्देशन दिएको हो । प्राधिकरणका अनुसार अब सिमकार्ड लिन आउँदा आफ्नो सक्कली कागजात र आफै उपस्थित नहुँदासम्म् सिमकार्ड नदिन निर्देशन दिएको छ ।

यसअघि सिमकार्ड झिक्दा अरु मानिसको नागरिकता या कागजात लिएर अर्कैले सिम निकालेका घटनाहरु प्राय आउने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL