Logo

डिशहोमद्वारा ‘राईम्स’ च्यानल सार्वजनिक, २ देखि १२ बर्षसम्मका बच्चालाई उपयुक्त

डिशहोमद्वारा ‘राईम्स’ च्यानल सार्वजनिक, २ देखि १२ बर्षसम्मका बच्चालाई उपयुक्त



काठमाडौं । डिशहोमले मनोरन्जन दिने उद्देष्यले ‘राईम्स’ नामक च्यानल सार्वजनिक गरेको छ । कम्पनीले २ देखि १२ बर्षसम्मका बच्चाहरुका लागि भन्दै उक्त च्यानल सार्वजनिक गरेको हो ।

च्यानल नम्बर ८ सय ९ मा यो च्यानल हेर्न सकिने कम्पनीले जानकारी दिएको छ । उक्त च्यानलले बच्चाहरुलाई पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृड बनाउन मद्दत गर्ने कम्पनीको दावी छ ।
कम्पनीका अनुसार उक्त च्यानलमार्फत बच्चाहरुले घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च पाउनेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL