Logo

वर्ल्डलिंकको तात्तातो अफर, वार्षिक ग्राहकलाई सिजीको ब्लोअर हिटर र नेटटिभी निशुल्क

वर्ल्डलिंकको तात्तातो अफर, वार्षिक ग्राहकलाई सिजीको ब्लोअर हिटर र नेटटिभी निशुल्क



काठमाडौं । वर्ल्डलिंकले यस वर्षको जाडोलाई लक्षित गर्दै तात्तातो हिटरनेट अफर ल्याएको छ । ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै बेला बेलामा विभिन्न अफरहरु ल्याउँदै आएको इन्टरनेट सेवाप्रदायक कम्पनीले ग्राहकको यसपालीको हिँउदलाई मध्यनजर गरेर ल्याएको तात्तातो अफर अन्र्तगत १७५०० रुपैयाँमा ४० एमबिपीएसका सम्पूर्ण वार्षिक ग्राहकहरुका लागि सिजी ब्राण्डको ब्लोअर हिटरका साथै एक वर्षको नेटटिभी सेवा निशुल्क प्रदान गर्नेछ ।

यस अफरमा ग्राहकहरुले रु.१०४९० (कुल शुल्कको ३७५) बराबरको ब्लोअर हिटर र नेटटिभीको सुविधा निशुल्क प्राप्त गर्नेछन् । यो अफर वल्र्डलिंकका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

साथै वल्र्डलिंकका अरु प्याकेजका ग्राहकहरुले पनि न्युनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन् । यो अफर सिमित अवधिका लागि वर्ल्डलिंकको देशभरका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL