Logo

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, १२ जनाले पाए १\ १ लाख

एनसेलले दियो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान, १२ जनाले पाए १\ १ लाख


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१६ चैत,काठमाडौं । एनसेलले पुल्चोक ईन्जिनियरिङ्ग कलेजका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ्ग संकायका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गरेको हो छ ।

laxmi

एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलरले सोमवार १२ वटा विधा अन्तर्गत १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा४ वटा विधा अन्तर्गत ५ विद्यार्थीलाई एनसेल उत्कृष्टता पुरस्कार प्रदान गरे । उच्च प्राविधिक शिक्षालाई प्रोत्साहन र दक्ष जनशक्ति विकासमा योगदान पु¥याउने उद्देश्यले एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५ वर्षका लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान केन्द्रियक्याम्पस पुल्चोकमा २०७१मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । छात्रवृत्तिले लगनशिल र उत्कृष्ट विद्यार्थीहरुलाई आर्थिक व्यवस्थापनभन्दा पढाईमा बढी ध्यान दिन मद्दत गर्ने तथा उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा ल्याएकाको मनोवलबढाउने टाइलानलरको विश्वास छ । ‘यसले विद्यार्थी तथा क्याम्पसलाई सृजनशिल रहन र ईनोभेसनमा योगदान दिने विश्वास लिएका छौं,” टाईलानलरले भने ।

पुरस्कार विद्यार्थीहरुको वार्षिक परिक्षाको नतिजाका आधारमा प्रदान गरिएको हो । छात्रवृत्तिअन्तर्गतगत शैक्षिकवर्षको वार्षिक नतिजाको आधारमा ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ्गका १÷१÷१उत्कृष्ट विद्यार्थी र यि तीनै संकायका छात्राहरु मध्येबाट १ उत्कृष्ट छात्रा गरि प्रत्येक व्याचका ४ जना विद्यार्थीले एनसेल छात्रवृत्तिप्राप्त गरेका हुन् ।

उत्कृष्टता पुरस्कार अन्तर्गत सर्वोउत्कृष्ट नतिजा सहित ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स, र कम्प्युटर ईन्जिनियरिङ्गको पढाइ सकाएका१\१\१विद्यार्थी तथा यि तिनै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी छात्राले पाउँदै आएका छन् । यस वर्ष यी तीन संकायकादुई छात्राले बराबर नम्वर ल्याएर टप गरेकाले छात्रा क्याटागोरीको उत्कृष्ट सम्मान संयुक्त रुपमा ग्रहण गरेका बताइएको छ । ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्चप्राथमिकता दिंदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । जसमा कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जनाछात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनकालागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

यसैगरी, डिजिटल पद्धतीबाट विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो होस्भन्ने हेतुले १४ वटा विद्यालयहरुमा ई—पुस्तकालय र ४३ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय तथा खानेपानीनिर्माण, विद्यालयव्यवस्थापन र शैक्षिक सामग्रीपनिप्रदान गरेको छ । जसबाट २५ हजार भन्दाबढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ लिईरहेका छन् ।

एनसेलले हालसम्मशिक्षाको क्षेत्रमा करिब रु ७ करोड५० लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL