काठमाडौं । मुख्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न कम्पनीका संस्थापक समूहका ४ लाख ४४० कित्ता सेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ ।
क्यापिटलले बिक्रीमा ल्याएको सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ र न्यूनतम ५ हजार कित्ता आवेदन, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३७५ रुपैयाँ र न्यूनतम ५ हजार कित्ता आवेदन, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य ३३० रुपैयाँ र न्यूनतम १ हजार कित्ता आवेदन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता सेयर प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँसहित बिक्रीमा राखिएको छ ।
इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाले शिलबन्दी फाराम १०० रुपैयाँ बुझाई मिति २०८२ साल भाद्र २४ गते अपरान्ह ३ः०० बजेसम्म मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।
प्राप्त शिलबन्दी बोलपत्र मिति २०८२ साल भाद्र २५ गते बिहान ११ः०० बजे खोलिनेछ । यस प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिइने र बाँकी सेयर उच्चतम मूल्य अंकित गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिने क्यापिटलले जनाएको छ ।