Logo

टेलिकमको डाटा प्रयोगकर्ता २० प्रतिशतले बढे, फोरजी प्रयोगकर्ता साढे ५ लाख पुगे

टेलिकमको डाटा प्रयोगकर्ता २० प्रतिशतले बढे, फोरजी प्रयोगकर्ता साढे ५ लाख पुगे



काठमाडौं । नेपाल टेलिकमका डाटा प्रयोगकर्ता चालु आर्थिक बर्षको ९ महिनामा २० दशमलव ५१ प्रतिशतले बढेका छन ।

गएको बर्षको असार मसान्तसम्म कम्पनीका डाटा प्रयोगकर्ता ८४ लाख २५ हजार ८ सय ८४ रहेकोमा हाल यो संख्यामा वृद्धि भई १ करोड १ लाख ५४ हजार प्रयोगकर्ता रहेको कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीका फोरजी डाटा प्रयोगकर्ता हाल साढे ५ लाख रहेका छन । कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार चालू आर्थिक बर्षको ९ महिनामा फोरजी चलाउनेको संख्या ५ लाख ५९ हजार १ सय ७२ जना पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL