Logo

बजेट नहुँदा काठमाडौं महानगरको खुल्ला ठाउँमा इन्टरनेट राख्ने योजना अन्यौलमा

बजेट नहुँदा काठमाडौं महानगरको खुल्ला ठाउँमा इन्टरनेट राख्ने योजना अन्यौलमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । खुल्ला सार्वजनिक स्थलमा इन्टरनेट राख्ने काठमाडौं महानगरपालिकाको योजना अन्यौलमा परेको छ । बजेटको अभावका कारण योजना अन्योलमा परेको महानगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख धु्रव काफ्लेले जानकारी दिए ।
उनका अनुसार पशुपति क्षेत्र, हनुमानढोका, शंखपार्क, बौद्धनाथ लगायत स्थानमा पनि इन्टरनेट राख्ने भनेपनि अर्थ अभावका कारण काम अघि बढ्न नसकेको हो ।

‘एउटा स्थानमा इन्टरनेट राख्नका लागि रु ५५ लाख खर्च हुने हुँदा खर्चको स्रोत तत्काल नभएकाले काम अघि बढ्न नसकेको हो’ उनले भने ‘इन्टरनेट राख्नका लागि कामपा आफैँले गर्ने कि निजी कम्पनीलाई दिने भन्नेबारे पनि छलफल भएको छैन, त्यो पनि मुख्य विषय हो ।’
पर्यटकीय दृष्टिकोणले महत्व बोकेका ऐतिहासिक सम्पदा र खुल्ला स्थानमा निःशुल्क इन्टरनेट राख्नसके उक्त स्थान मर्मत सम्भारको कार्य गर्नका लगि अन्यत्रबाट स्रोत खोज्नु नपर्ने र संख्यात्मकरुपमा आन्तरिक र बाह्य पर्यटकको संख्यामा पनि वृद्धि हुने कामपाको भनाइ छ ।

कामपाले २०७२ सालमा अवलोकन गर्न आउने आगन्तुकलाई मध्यनजर गर्दै रत्नपार्कमा निःशुल्क इन्टरनेट राखेको थियो । निःशुल्क इन्टरनेट राखेसँगै रत्नपार्क अवलोकन गर्न आउनेको संख्यामा वृद्धि भएको थियो ।
रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL