Logo

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा

एनसेल मेला शनिबार जाउलाखेल मैदानमा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एनसेल प्रालिले शनिबार ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ आयोजना गर्ने भएको छ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।

गीत९संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई साँझ ६ बजे सम्म चल्ने छ ।

चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना लाउरे, चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ९आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् ।

मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजी जोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ ।

त्यसैगरी बालबालिकाका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् । आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् ।

प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

‘पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदान गर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं’ , एनसेलका कर्पोरेर सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने ।

‘मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवा लगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्नेछन् ।’

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL