Logo

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो

गुगलको मातृ कम्पनी अल्फाबेट फेरि बन्यो २ ट्रिलियन डलर कम्पनी, विश्वकै सबैभन्दा मूल्यवानमा चौथो



काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेट पुनः २ ट्रिलियन डलरको कम्पनी बनेको छ । शुक्रबार अल्फाबेटको शेयर मुल्य बढेसँगै यसको मार्केट क्याप २ ट्रिलियन डलर पुगेको हो ।

laxmi

अल्फाबेट यसअघि २०२१ मा छोटो समयको लागि २ ट्रिलियन डलरको कम्पनी बनेको थियो । योसँगै अल्फाबेट विश्वको चौथो ठुलो कम्पनी बनेको छ ।

अहिले विश्वमा माइक्रोसफ्ट ३ ट्रिलियन डलरको कम्पनि रहेको छ र विश्वमै सबैभन्दा ठुलो कम्पनी रहेको छ । त्यस्तै एप्पल २.६ ट्रिलियन डलरसहित सबैभन्दा ठुलो कम्पनीको सूचीमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै सफ्टवेर कम्पनि एनभिडिया २.२ ट्रिलीयन डलरको कम्पनी रहेको छ । यसैगरी अहिले अमेजन १.८ ट्रिलियन डलरसहित पाँचौं स्थानमा छ भने मेटा १.१ ट्रिलियन डलर कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL