Logo

अत्याधुनिक चिप्स प्रतिबन्धले नरोकिएको चीन, खर्बाै डलरको व्यापार र सुरक्षा चिन्तामा युरोप-अमेरिका

अत्याधुनिक चिप्स प्रतिबन्धले नरोकिएको चीन, खर्बाै डलरको व्यापार र सुरक्षा चिन्तामा युरोप-अमेरिका



अमेरिकाले चीनमा उन्नत सेमीकन्डक्टर चिप्स पठाउन प्रतिबन्ध लगाएको छ । तर, दैनिक काममा प्रयोग हुने सेमीकन्डक्टर चिप्सको क्षेत्रमा चीनको प्रभुत्व बढेको छ । अमेरिका र युरोपेली संघ यसबाट विशेष चिन्तित छन् ।

laxmi

काठमाडौं । सेमिकन्डक्टर चिप्सहरू जुन २८ न्यानोमिटर वा ठूला हुन्छन् तिनीहरूलाई लिगेसी चिप्सहरू भनिन्छ । तिनीहरू वाशिंग मेशिन, टिभी र कारदेखि मेडिकल उपकरणहरूमा सबै चीजहरूमा प्रयोग गरिन्छ । यी चिप्सहरू आर्टिफिसियल इन्टेलिजेन्स सुविधाहरू भएका आधुनिक सेमीकन्डक्टर चिप्सहरू जत्तिकै सक्षम छैनन् । तर, लिगेसी चिप्स बजारमा चीनको वर्चस्वका कारण अमेरिका र युरोपेली संघ (इयु) को चिन्ता बढ्दै गएको छ ।

अमेरिकाले पहिले नै पश्चिमी देशहरूमा डिजाइन गरिएका आधुनिक चिप्स चिनियाँ कम्पनीहरूलाई निर्यातमा प्रतिबन्ध लगाएको छ । यसले प्रविधिको क्षेत्रमा महाशक्ति बन्ने चीनको चाहनामा ढिलाइ हुने अमेरिकाको आशा छ । यस्तो अवस्थामा, ध्यान अब लिगेसी चिप्समा सरेको छ । विश्वभर उत्पादन हुने लिगेसी चिप्समध्ये झण्डै एक तिहाइ चीनमा मात्रै बनाइन्छ । आधुनिक चिप्समा चीनको पहुँच सीमित भएको छ । यस्तो अवस्थामा चीनले अत्याधुनिक चिप्स प्रविधिको तयारीमा लगानी बढाएको छ ।

गत वर्षको सेप्टेम्बरमा चीन सरकारले घरेलु सेमीकन्डक्टर उत्पादन प्रवद्र्धन गर्न चार ट्रिलियन डलरको लगानी कोष घोषणा गरेको थियो । त्यसपछि पश्चिमी देशहरूले आफ्ना चिप्स उत्पादन गर्ने कम्पनीहरूलाई प्रवद्र्धन गर्न कदम चाल्नुपर्ने माग बलियो भयो । जोआन चियाओ ताइवानको चिप्स रिसर्च हाउस ट्रेन्डफोर्सकी विश्लेषक हुन् । उनी भन्छन्, ‘अहिले अमेरिकी निर्यात प्रतिबन्धहरू आधुनिक प्रविधिमा मात्र लागू छन् । परिपक्व प्रविधिहरूमा यी प्रतिबन्धहरूको प्रभाव सीमित छ ।’

समीक्षा गर्दै अमेरिका र इयु

गत वर्ष डिसेम्बरमा, बाइडेन प्रशासनले सम्पूर्ण सेमीकन्डक्टर आपूर्ति श्रृंखलाको समीक्षा गर्न आदेश दिएको थियो । ताकि लिगेसी चिप्स बजारमा चिनियाँ प्रभुत्व मूल्यांकन गर्न सकियोस । यो हप्ता ‘इयु–युएस ट्रेड एण्ड टेक्नोलोजी काउन्सिल’ को बैठक बस्यो । यसपछि, युरोपेली आयोगले आपूर्ति श्रृंखलाको समीक्षा गर्ने निर्णय लिन सक्ने ठानिएको छ । बैठक पछि काउन्सिलको विज्ञप्तिले सम्भावित समीक्षाको संकेत गरेको छ । ‘इयु र अमेरिकाले सँगै केही कदमहरू चाल्न सक्छन्, ताकि विश्वव्यापी आपूर्ति श्रृंखलामा लिगेसी सेमीकन्डक्टरहरूको प्रतिकूल प्रभावहरूमा ध्यान दिन सकिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

चीनले के गर्दैछ ?

सेमिकन्डक्टर उद्योगका विज्ञहरूले चेतावनी दिएका छन् कि यदि चीनले सस्तो लिगेसी चिप्सको साथ बजार भरिदियो भने पश्चिमी चिप्स कम्पनीहरूलाई बजारबाट बाहिर हुनेछन् । जस्तो चीनले सौर्य प्यानलले बजार भरेको छ । यसबाट चीनले अनुचित फाइदा उठाएको ब्रसेल्सले जनाएको छ । लाम रिसर्च र एप्लाइड मटेरियलहरू अमेरिकाका दुई ठूला लिगेसी चिप्स कम्पनीहरू हुन् । पेन भन्छन्, ‘यदि यस्ता कम्पनीहरूले आफ्नो आधा बजार हिस्सा गुमाए भने तिनीहरूले आफ्नो आकार घटाउनुपर्नेछ । किनभने यी कम्पनीहरूले बजारको दोब्बर आकारको आवश्यकता पूरा गर्न आफूलाई तयार पारेका छन् ।’

ट्रेण्डफोर्सको तथ्यांकअनुसार चीनको लिगेसी चिप्स उत्पादन क्षमता आगामी तीन वर्षमा कुल बजारको ३९ प्रतिशतको दरले बढ्न सक्छ । यसको श्रेय चीनले दिएको अनुदानलाई जान्छ । गवेकल ड्रैगोनॉमिक्सका अनुसार यो वर्ष चीनले आफ्नो चिप्स उत्पादन क्षमतालाई यसरी बढाउने छ कि विश्वका अन्य सबै देश मिलेर पनि बराबरी गर्न सक्ने छैनन् । गत वर्षको तुलनामा यस वर्ष चीनमा हरेक महिना १० लाख बढी लिगेसी चिप्स बनाइनेछ । भारत पनि यस क्षेत्रमा आफ्नो स्थान बनाउन चाहन्छ । यस कारणले गर्दा, चिप्स बनाउने विश्वव्यापी क्षमता आवश्यकता भन्दा धेरै हुन सक्छ । भारतको टाटा समूहले आफ्नो चिप्स कारखाना निर्माण गर्न ११ सय करोड डलर लगानी गरिरहेको छ । यो कारखाना गुजरातको ढोलेरामा बन्नेछ ।

हाल, ताइवानका चिप्स कम्पनीहरूसँग विश्वको लगभग आधा चिप्स उत्पादन क्षमता छ । यी कम्पनीहरूले पनि आफ्नो योजना परिवर्तन गरेका छन् । उनीहरू अहिले अमेरिका, दक्षिण कोरिया र जापानजस्ता आधुनिक चिप्सको माग पूरा गर्न काम गरिरहेका छन् । ट्रेण्डफोर्सले डिसेम्बरमा गरेको पूर्वानुमान अनुसार सेमीकन्डक्टर क्षेत्रमा बढ्दो चिनियाँ लगानीका कारण ताइवानका चिप्स कम्पनीहरूको कुल बजार हिस्सा घट्न सक्छ ।

चीनमाथिको अत्यधिक निर्भरताका कारण सुरक्षा खतरा छ ?

चीनमाथिको अत्यधिक निर्भरता पनि चिन्ताको विषय हो । यदि पश्चिमी चिप्स कम्पनीहरूले विशेष गरी ती सेमीकन्डक्टरहरूका लागि जुन घरेलु इलेक्ट्रोनिक सामानहरूदेखि सैन्य हार्डवेयर र महत्वपूर्ण पूर्वाधारहरूमा प्रयोग गरिन्छ, त्यस्ता वस्तुमा चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकेनन र आफ्नो आकार घटाए भने अमेरिका र ईयू चीनमा धेरै हदमसम्म निर्भर हुनु पर्नेछ । यस्तो अवस्थामा बजारमा दबदबा कायम गर्न चीनले पर्याप्त लिगेसी चिप्सहरू पश्चिमी देशहरूमा पुग्नबाट रोक्न आर्थिक दबाब प्रयोग गर्न सक्छ । नतिजा कोविड महामारीको समयमा भएको चिप्स अभाव भन्दा खराब हुन सक्छ ।

महामारीको समयमा चिप्सको अभावका कारण सवारी साधन र ग्याजेटको डेलिभरीमा ढिलाइ भएको थियो । एप्पल कम्पनीको नयाँ आइफोनमा पनि यसको प्रभाव परेको छ । यी सबै आधुनिक चिप्सको अभावमा नभएर लिगेसी चिप्सको अभावमा भएको थियो ।

ट्रेण्डफोर्सका चिआओ भन्छन्, ‘ग्राहकहरूका लागि एआई भएका आधुनिक चिप्सहरू भन्दा लिगेसी चिप्सहरू बढी मूल्यवान छन् । चर्चामा भएपनि एआई चिप्सले विश्वव्यापी सेमीकन्डक्टर खपतको १ प्रतिशतभन्दा कम हिस्सा ओगटेको छ । उदाहरणका लागि, चीनमा बनाइएको लिगेसी चिप्सको कमीले जर्मन कार कम्पनीहरूको लागि समस्या खडा गर्न सक्छ । यी कम्पनीहरूले विद्युतीय सवारी साधनको क्षेत्रमा पहिलेदेखि नै ठूलो प्रतिस्पर्धाको सामना गरिरहेका छन् ।

प्रतिबन्ध, सब्सिडी र आयात

अमेरिका र ईयूले केही गर्नुपर्छ भन्ने सहमति भएको छ । तर त्यहाँ पनि चिन्ताहरू छन् कि प्रतिबन्धहरूले पश्चिमी चिप्स कम्पनीहरूलाई पनि असर पुर्याउन सक्छ । पेन बेलायतको चिप्स कन्सल्टेन्सी फर्म फ्युचर होराइजन्सका सीईओ हुन् । उनी भन्छन्, ‘यो सही समस्याको गलत समाधान हो । प्रतिबन्धले चीनको वर्चस्वलाई ढिलो गर्छ, तर रोक्न सक्दैन ।’ पेन बताउँछन्, ‘रुसले युक्रेनमा हमला गरेपछि पश्चिमी देशहरूबाट रूसमा निर्यातमा प्रतिबन्ध लगाइएको थियो । तर यसपछि पनि निर्यातकर्ता र रुसी खरीददारहरूले अन्य देशहरूबाट बाटो खोजे ।’

उनी चेतावनी दिन्छन्, “प्रतिबन्धको अवस्थामा, चीनले प्रतिबन्धहरू पनि लगाउन सक्छ । यसले चीनबाट आउने चिप्समा कमी ल्याउन सक्छ । पश्चिमी देशका कम्पनीहरूले यो अभाव पूरा गर्नका लागि आफ्नो चिप्स उत्पादन छिटो बढाउँदैनन् ।’ पेन बताउँछन्, ‘आज घरेलु उत्पादनमा बढी लगानी गर्ने निर्णय गरे पनि, अबदेखि तीन वर्षसम्म चिप्स उत्पादन सुरु हुँदैन । कारखाना निर्माणमा ढिलाइ नगर्ने हो भने त्योभन्दा बढी समय लाग्न सक्छ । काम गर्न दक्ष कर्मचारी उपलब्ध हुनुपर्छ ।”

अमेरिका र ईयूका अधिकारीहरूले चीनमाथि थप प्रतिबन्ध लगाउने विचार गर्न सक्छन् । उद्योगीहरूले विश्वास गर्छन् कि लिगेसी चिप्सको उत्पादनमा मद्दत गर्ने उपकरणहरूमा निर्यात प्रतिबन्ध लगाउने सम्भावना बढी छ । अमेरिका र युरोपेली संघले पनि मित्रताको नीति अपनाउन सक्छन् । यसअन्तर्गत भारतलगायत अन्य भूराजनीतिक साझेदारहरूसँग उत्पादन र आयात गरिनेछ । जसले गर्दा उनीहरुको चीनमाथिको निर्भरता समाप्त हुन्छ ।

पश्चिमी देशहरूले पनि थप अनुदान दिन सक्छन् । जसले गर्दा घरेलु कारखानाहरूलाई थप लिगेसी चिप्स बनाउन प्रोत्साहित मिल्छ । साथै, यसले मूल्यको हिसाबले पनि चिनियाँ चिप्ससँग प्रतिस्पर्धा गर्न सक्छ । दुई भर्खरै पारित चिप्स ऐन अन्तर्गत, अमेरिका इयुले अर्को दशकमा सेमीकन्डक्टर क्षेत्रलाई ८६ बिलियन डलरको सब्सिडी प्रदान गर्ने वाचा गरेका छन् । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL