Logo

नेपालमा फाइभजी इकोसिस्टमको अध्ययन गर्दैछौं : एनटीए अध्यक्ष भण्डारी

नेपालमा फाइभजी इकोसिस्टमको अध्ययन गर्दैछौं : एनटीए अध्यक्ष भण्डारी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए) अध्यक्ष भुपेन्द्र भण्डारीले प्राधिकरणले नेपालमा फाइभजीको उपयोगिताबारे अध्ययन गर्न लागेको बताएका छन् । प्रविधि पत्रकार मञ्च (टिजेएफ)ले आयोजना गरेको दूरसंचार क्षेत्रमा अवसर र चुनौति सम्बन्धको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

laxmi

फाइभजीमा लगानी गर्ने भन्दै गर्दा यसले दिने प्रतिफल र यसमा लाग्ने लगानीको बारेमा अध्ययन गर्न जरुरी रहेको उनले बताएका थिए । विश्वका धेरैजसो मुलुकहरु फाईभजीमा तिव्र छलाङ मारिरहेको अवस्थामा नेपालका अपरेटरहरु भने अझै यसमा पछि परेको जस्तो देखिएको उनको भनाई थियो । ‘आजकै कार्यक्रममा पपनि फाइभजीका कुरा त उठे तर मैले जति आशा गरेको थिएँ त्यति कुनै पनि अपरेटरका अधिकारीहरुले कुरा उठाउनुभएको पाइँन,’ उनले भने ।

नेपालमा फाइभजी के का लागि र किन ल्याउने भन्ने कुराको पहिले यकिन हुनुपर्ने उनको भनाई थियो । धेरै विकसित मुलुकहरुमा फाइभजीलाई इन्टरनेट अफ थिंग्स (आइओटी) डिभाईसहरुमा प्रयोग गर्ने गरेपनि नेपालमा यस्ता डिभाइसहरुको उपलब्धता कति छ भन्ने कुराकोसमेत हालसम्म यकिन नभएको उनले बताए ।

‘हालसम्म नेपालमा करिव १६ लाख जति मात्रै फाइभजी सपोर्टेड डिभाईसहरु रहेको देखियो,’ उनले भने, ‘अझै फाईभजीको पहुँच सबैतिर पुर्याउनमात्रै १ सय ५३ अर्ब बराबरको ह्याण्डसेट किन्नुपर्छ ।’

यति ठुलो रकम ह्याण्डसेटमा खर्च गर्नुपरेपछि अहिलेकै अवस्थामा नेपालमा फाइभजीको आवश्यकताको पनि गहन अध्ययन गर्नुपर्ने उनको भनाई थियो । यसमा अझै ठुले बहसको आवश्यकता रहेको उनले बताए । कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक संगिता पहाडी, एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, लगानी बोर्डका सीइओ सुशिल भट्टलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL