Logo

शर्त राखेर टिकटक खुल्ला गर्ने प्रधानमन्त्रीको संकेत, कर प्रणालीमा आवद्ध गराईने

शर्त राखेर टिकटक खुल्ला गर्ने प्रधानमन्त्रीको संकेत, कर प्रणालीमा आवद्ध गराईने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहि सर्त राखेर टिकटकमा गरिएको प्रतिबन्ध खुला गर्ने संकेत देखाएका छन । आइतबार सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिदै उनले टिकटकले गरेको प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा टिकटकलाई नियामन गर्न सम्भव रहेको बताए ।

laxmi

उनले भने ‘टिकटकले नेपालको कर प्रणाली लगायत अन्य सबै नियम पालन गर्न तयार रहेको भन्दै पत्राचार गरिरहेको छ । त्यस्तै टिकटकका प्रतिनिधि नै आएर सम्बन्धित निकायसँग छलफल गरिरहेका छन ।

टिकटकले गरेको प्रतिवद्धताको व्यवहारीक कार्यान्वयनको सुनिश्चितता भएको खण्डमा टिकटकलाई नियमन गर्न नसकिने भन्ने होइन।’ सामाजिक सञ्चाल प्रयोग सम्बन्धी विद्येयकको मस्यौदा तयार भइ संसदमा पेस गर्न लागिएको उनले बताए ।

प्रचण्डले टिकटक बन्द गर्ने निर्णय आकस्मिक नभएको र गठबन्धन दलसँगपनि छलफल गरेर सो निर्णय भएको उनको भनाइ छ । टिकटकले समाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद बैठकले गत २७ कात्तिकमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

टिकटकले ३० कात्तिकमा नेपाल दूरसञ्चार प्राधिकरण र २० मंसिरमा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्धको निर्णय फिर्ता लिन आग्रह गरेको थियो । गत आइतबार फेरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले पत्र लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL