Logo

आन्दोलनकारीहरुले गरे माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

आन्दोलनकारीहरुले गरे माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड



काठमाडौँ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन जारी छ । कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोड गरिरहेका छन् ।

यसैबीच एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।

त्यहाँ प्रदर्शनकारीहरू गेट तोडफोड गर्दै भित्र पस्ने तयारी गरिरहेका छन् । यसअघि प्रदर्शनकारीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्