Logo

टिकटकमाथिको प्रतिवन्ध विरुद्धको मुद्धामा आज सुनुवाई, के आउला आदेश ?

टिकटकमाथिको प्रतिवन्ध विरुद्धको मुद्धामा आज सुनुवाई, के आउला आदेश ?



काठमाडौं । सर्वाेच्च अदालतमा आज मंगलबार टिकटक प्रतिबन्ध विरुद्धका रिटमा सुनुवाई हुने भएको छ । यसअघि सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध १ दर्जन रिवट दायर भएका थिए । तर सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरी दुवै पक्षलाई कारण देखाउ आदेश दिएको थियो ।

laxmi

त्यसका लागि मंगलबार सुनुवाईका लागि पेशी तोकिएको थियो । गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा सामाजिक वितण्डा मच्चाएको भन्दै सामाजिक संजाल टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको थियो । त्यसयता नेपालमा संचालित इन्टरनेट सेवाप्रदायकको इन्टरनेटबाट टिकटक नचल्ने भएको छ । यसरी टिकटक प्रतिबन्ध गर्दा नागरिकको मौलिक हक गुमेको भन्दै दर्जन बढी कानुन व्यवसायीले सरकारी निर्णयविरुध सर्वाेच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL