Logo

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’



काठमाडौं । एनसेल आजियाटा लिमिटेडले अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ जित्न सफल भएको छ । शुक्रबार राजधानीमा आयोजित सातौं सेल्स समिट २०२३ मा कम्पनीले उक्त अवार्ड हात पारेको हो ।

laxmi

एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले अर्गनाइजेसनल सेल्स एक्सिलेन्स अवार्ड २०२३ का निर्णायक मण्डलका सदस्य आशिष तिवारीबाट उक्त अवार्ड ग्रहण गरेका थिए । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो ।

एनसेलले जितेको अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउँछ । यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरु, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरुको सम्मान हो ।

‘यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौं । यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो । नवप्रवर्तन र ग्राहक सन्तुष्टिप्रतिको अटल प्रतिबद्धता हाम्रो सफलताको प्रमुख कडी हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने । ‘हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढावा दिदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्न जारी राख्नेछौं ।’

विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्ड भित्र रहि निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरुको विवरणहरुलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो ।

शुक्रबारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रा.लि.को स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो । सेल्स समिट ग्रोथ लिडरशिप एकेडेमीले वार्षिक रुपमा आयोजना गर्ने एक प्रमुख कार्यक्रम हो । यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने एक अनुपम प्लेटफर्म हो ।

प्रतिक्रिया दिनुहोस्
MBL