Logo

नेपालमा बढ्यो गैरकानूनी आर्थिक कारोबार, क्रिप्टो, विटक्वाइन र अनलाइन जुवासम्बन्धी साइट बन्द गर्न प्राधिकरणको निर्देशन

नेपालमा बढ्यो गैरकानूनी आर्थिक कारोबार, क्रिप्टो, विटक्वाइन र अनलाइन जुवासम्बन्धी साइट बन्द गर्न प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले क्रिप्टोकरेन्सी, विट्क्वाइन, हाइपर नेटवर्क, अनलाइन जुवासम्बन्धी बेवसाइट बन्द गर्न निर्देशन दिएको छ । नेपालमा संचालित इन्टरनेट सेवाप्रदायक कम्पनी (आइएसपी)लाई आईतबार एक निर्देशन जारी गर्दै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले जारी गरेको निर्देशनका नेपालमा पछिल्लो समय मौद्रिक उपकरणको रुपमा कानुनी मान्यता नपाएका यस्तो प्रविधिको प्रयोग बढ्दो छ । भर्चुअल मुद्रा र नेटवर्क मार्केटिङजस्ता प्लेटफर्म संचालन गरिनु गैरकानुनी हुने भएकाले यस्ता प्लेटफर्म सम्बन्धीका वेबसाइट, एपलगायत नेपालमा संचालन हुन नसकिने गरी प्रतिवन्ध लगाउन प्राधिकरणले निर्देशन दिएको हो ।

इन्टरनेट सेवाप्रदायकले त्यस्तो प्लेटफर्महरुलाई नेपालभित्र चल्न नसकिने नबनाएमा कारवाही गर्नेसमेत प्राधिकरणले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL