Logo

विश्वकप फाईनल : नेपालमा यो हप्ताकै धेरै इन्टरनेट खपत, टेलिभिजनभन्दा पाइरेटेड साइट हेर्ने धेरै

विश्वकप फाईनल : नेपालमा यो हप्ताकै धेरै इन्टरनेट खपत, टेलिभिजनभन्दा पाइरेटेड साइट हेर्ने धेरै



काठमाडौं । आईतबार साँझ भएको विश्वकप २०२२ को फाइनल खेलमा नेपालमा पछिल्लो एक हप्ताकै धेरै इन्टरनेट खपत भएको छ । नेपाल इन्टरनेट एक्सचेन्जका अनुसार आईतबार राति पौने ९ बजेदेखि ११ बजेसम्म नेपालमा ३७ गिगाबीट पर सेकेन्डको आसपासमा इन्टरनेट खपत भएको छ । यो पछिल्लो एक हप्ताकै उच्च इन्टरनेट खपत हो ।

laxmi

नेपालमा विश्वकप देखाउने आधिकारिकता पाएको मिडिया हवले हिमालय टेलिभिजनमार्फत विश्वकप देखाउँदै आएको थियो । यसका लागि विश्वकप खेल हेर्न टेलिभिजनलाई थप ५ सय ६५ रुपैयाँ तिर्नूपर्ने बाध्यताका कारण यसपाली धेरैजसो प्रयोगकर्ताले पाइरेटेटड साइटबाटै विश्वकप हेरेको एक जानकारले बताए । उनका अनुसार नेपालमा विश्वकप हेर्नकै लागि थप पैसा तिर्नुपर्ने भएपछि धेरैजसो दर्शकहरुले पाइरेटेड साइटबाटै विश्वकप फुटबलको सोख पुरा गरेका थिए ।

त्यसैका कारण विश्वकप फाइनलका दिन पनि यो हप्ताकै सबैभन्दा बढी इन्टरनेट खपत भएको उनको भनाई छ ।

पछिल्लो एक महिनाको इन्टरनेट खपतको कुरा गर्दा भने मंसिर ५ गते सबैभन्दा बढी इन्टरनेट खपत भएको छ । नेपाल इन्टरनेट एक्सचेन्जका अनुसार यसदिन नेपालमा ४४.४१५ गिगाबीट इन्टरनेट खपत भएको थियो । विश्वकप २०२२ को दोस्रो दिन यस दिन ईंगल्याण्ड र ईरान, सेनेगल र नेदरल्याण्ड, अमेरिका र वेल्स र साउदी अरेबीया र अर्जेन्टीनाको समुह चरणको खेल थियो । त्यसपश्चात लगातार नेपालमा इन्टरनेट खपतको अनुपात समान हुन थालेको । जसको प्रभाव विश्वकपको फाईनलका दिन पनि देखियो ।

यता विश्वभरको कुरा गर्दा भने विश्वकप फाइनलको समयमा विश्वभर ८५० गिगाबीट प्रतिसेकेन्ड इन्टरनेट खपत भएको थियो । यो हिजा रोति ९ देखि ११ बजेसम्मको तथ्यांक हो । यस्तै गएको हप्ताको कुरा गर्दा पनि विश्वभर गत मंगलबार र बुधबार सबैभन्दा बढी इन्टरनेट खपत भएको थियो । त्यसदिन विश्वभर १ टेराबीटमाथि इन्टरनेट खपत भएको इन्टरनेट न्युटरल एक्सचेन्जले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL