Logo

१ महिनामा पौने ३ लाख थपिए केवल इन्टरनेट प्रयोगकर्ता, नेपाल टेलिकमले बढायो २६ हजार ग्राहक

१ महिनामा पौने ३ लाख थपिए केवल इन्टरनेट प्रयोगकर्ता, नेपाल टेलिकमले बढायो २६ हजार ग्राहक



काठमाडौं । फिक्स्ड ब्रोडब्याण्ड अन्तर्गतको एफटीटीएचमार्फत इन्टरनेट चलाउनेको संख्या १ महिनामै करिव पौने ३ लाखले बढेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत साउनसम्म केवल वा फाईबर टु दी होम (एफटीटीएच)मार्फत इन्टरनेट चलाउनेको संख्या ९४ लाख २८ हजार ५ सय १३ छ । यो संख्या त्यसको अघिल्लो महिना अर्थात असारको तुलनामा ३ प्रतिशत अर्थात २ लाख ८३ हजारले बढी हो ।

यसरी हेर्दा यस अवधिमा नेपाल टेलिकमले आफ्ना एफटीटीएच सेवाग्राही मात्रै एक महिनाकै अवधिमा २६ हजार १ सय ४९ जना थप गरेको छ । टेलिकमले एकै फाईबरमार्फत भिडियो, अडियो र डाटा सेवा दिने गर्छ । जसका कारण यसमा केहि आकर्षण थपिएको टेलिकमको भनाई छ ।

टेलिकमले चालु आर्थिक बर्षभित्र काठमाडौं उपत्यकाका हरेक क्षेत्रमा एफटीटीएच जडान गर्ने तयारी गरिरहेको बताएको छ । यसरी गत साउन मसान्तसम्म टेलिकमको केबल र एफटीटीएचमार्फत इन्टरनेट चलाउनेको संख्या ८ लाख ५१ हजार ५ सय ३३ पुगेको छ । तर, अघिल्लो महिना असारमा टेलिकमको एफटीटीएचमार्फत इन्टरनेट चलाउनेको संख्या ८ लाख २५ हजार ३ सय ८४ थियो ।

यस्तै यस अवधिमा विभिन्न इन्टरनेट सेवाप्रदायक (आइएसपी)ले पनि आफ्ना सेवाग्राही २ लाख ५७ हजार ८ सय जना थप गरेका छन् । नेपालमा संचालित विभिन्न इन्टरनेट सेवाप्रदायकले नेपालका धेरैजसो स्थानमा इन्टरनेट सेवाको विस्तार गरेका छन् । नेपाल दूरसंचार प्राधिकरणकै तथ्यांक हेर्दा गत साउन मसान्तसम्म आइएसपीहरुका इन्टरनेट ग्राहक ८५ लाख ७६ हजार ९ सय ८० पुगेका छन् । असार महिनामा यस्तो संख्या ८३ लाख १९ हजार १ सय ८० थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL