Logo

भर्चुअल मुद्रा र अनलाइन जुवाको कारोबार हुने माध्यममा नै प्रतिवन्ध लगाईँदै, आईएसपीलाई प्राधिकरणको निर्देशन

भर्चुअल मुद्रा र अनलाइन जुवाको कारोबार हुने माध्यममा नै प्रतिवन्ध लगाईँदै, आईएसपीलाई प्राधिकरणको निर्देशन



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले भर्चुअल मुद्राको कारोबार हुनेगरेका विभिन्न माध्यमहरुमा प्रतिवन्ध लगाउने भएको छ । प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)हरुलाई यस्ता माध्यममा प्रतिवन्ध लगाउन निर्देशन दिएको हो ।

laxmi

यस अन्तर्गत क्रिप्टोकरेन्सी, बीटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवालगायत अनलाईनमार्फत डिजिटल मुद्रा र भर्चुअल मुद्राको कारोबार गर्न सघाउने सबै अनलाइन माध्यम डिसेवल हुनेछन् । संचार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले नै यस्ता माध्यमहरुलाई डिसेवल गर्नुपर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि क्यापीटल फ्लाईट भईरहेको भन्दै यस्ता माध्यमहरुलाई करको दायरामा ल्याउने, प्रतिवन्ध लगाउनलगायतका क्रियाकलापमा कडाईको नीति लिएको छ ।

नेपाल दूरसंचार प्राधिकरणले भने यस्ता अनलाईन माध्यमहरु नेपालको सिमानाभित्र चल्न नसक्ने गरी डिसेबल गर्नका लागि इन्टरनेट सेवाप्रदायकलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL