Logo

सामसुङ पनि एप्पलको बाटोमा : फोन किन्दा बक्समा चार्जर नआउने, चार्जरका लागि छुट्टै पैसा खर्चिनुपर्ने

सामसुङ पनि एप्पलको बाटोमा : फोन किन्दा बक्समा चार्जर नआउने, चार्जरका लागि छुट्टै पैसा खर्चिनुपर्ने



काठमाडौं । जब एप्पलले आफ्नो आईफोन रिटेल बक्सबाट चार्जर हटाउने कदम चाल्यो, लगभग सबै स्मार्टफोन कम्पनीहरूले त्यसको आलोचना गरे । सामसुङ तीमध्ये एक थियो । तर, एक वर्षपछि, सामसुङले त्यसै गर्यो र ग्यालेक्सी एस२१ सिरिज बिना चार्जर लन्च गर्यो । हालसम्म, चार्जर बिना फ्ल्यागशिप र प्रिमियम फोनहरू मात्र बिक्री भइरहेको छ । तर, अब सामसुङले आफ्नो कम मूल्यका फोनको रिटेल बक्सबाट पनि चार्जर हटाउने योजना बनाएको छ ।

laxmi

फोन एरेनाका अनुसार सामसुङले आफ्ना ग्यालेक्सी एम र ग्यालेक्सी ए सिरिजका फोनहरू चार्जर विना पठाउने निर्णय गरेको छ । यदि तपाई सस्तो सामसुङ फोनको रिटेल बक्सबाट चार्जर हटाउँदा मूल्य घट्छ भन्ने सोच्दै हुनुहुन्छ भने त्यस्तो सम्भावना पनि छैन । सामसुङले ग्यालेक्सी एम र ग्यालेक्सी ए सिरिजअन्तर्गतका फोनहरूको मूल्य घटाउने सम्भावना छैन ।

एप्पल आफ्नो आईफोन रिटेल बक्सबाट चार्जर हटाउने संसारको पहिलो ब्रान्ड थियोे । एप्पलले जस्तै, सामसुङले पनि ग्यालेक्सी एस सिरिजबाट चार्जर हटाउनुमा वातावरणीय कारण उल्लेख गरेको छ । अब चार्जर हटाउनुको वास्तविक कारण के हो भन्ने त सामसुङले स्पष्ट पार्ने नैछ । तर, लोकप्रिय ब्राण्डको रुपमा रहेको सामसुङको यो निर्णयले उपभोक्ताकोे खल्तीमा चाप भने पर्नेछ । किनकि फोन सेटसँगै चार्ज नआउँदा उपभोक्ताले भने चार्जका लागि छुट्टै रकम खर्चिनुपर्नेछ ।

ग्राहकहरूले कुन फोन किन्ने भन्ने निर्णय गर्दा चार्जरको बारेमा चासो राख्दैनन् । त्यसैले सायद सामसुङ चार्ज हटाउने दिशामा अगाडि बढिरहेको छ । तर, सामसुङका ग्राहकले यो निर्णयलाई कदर गर्छन या गर्दैनन्, त्यो समयले बताउनेछ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL