Logo

जोखिममा इन्टरनेटको भविष्य, खतरामा समुद्रमुनि राखिएको केबल नेटवर्क

जोखिममा इन्टरनेटको भविष्य, खतरामा समुद्रमुनि राखिएको केबल नेटवर्क



काठमाडौं । आर्कटिक महासागरमा पनडुब्बी र युद्धपोत ठोक्किएपछि बेलायतले रुसलाई युद्धको धम्की दिएको छ । बेलायतले पानीको गहिराइमा रहेको सञ्चार केबल काटिए युद्धको कार्य मानिने बताएको छ । आखिर पानीमुनि रहेको केबललाई लिएर बेलायत किन चिन्तित छ ? ।

बेलायतका चीफ अफ डिफेन्स स्टाफ एडमिरल सर टोनी रेडकिनले रुसले पानीमुनि रहेका महत्वपूर्ण सञ्चार केबलहरू काटेमा यसलाई युद्धको कार्य मानिने चेतावनी दिएका छन् । बेलायती सीडीएस सर टोनी रेडकिनले रुसले विगत २० वर्षमा पनडुब्बी र पानीमुनिको गतिविधिमा अभूतपूर्व वृद्धि गरेकोमा चिन्ता व्यक्त गरे ।

जसका कारण विश्वको रियल टाइम (वास्तविक समय सञ्चार प्रणाली) नै जोखिममा पर्न सक्छ । वास्तवमा, समुद्र भित्र रहेका केबलहरूबाट मात्रै संसारभर इन्टरनेट चल्छ र त्यसबाट सञ्चार हुन्छ । इन्टरनेट जडानको लागि हामीले हाम्रो वरिपरि देख्ने केबलहरू र सबै प्रकारका बक्सहरूको जालो सारा संसारलाई जोड्ने कुराको सानो अंश मात्र हो । इन्टरनेट जडान, गति र डेटा स्थानान्तरणको वास्तविक जालो समुद्रको हजारौं मिटर तल छ । यो नेटवर्कले सारा संसारलाई एकअर्कासँग जोड्छ ।

केबलको नेटवर्क कति ठूलो छ ?

समुद्रमुनि यी केबलहरूको ठूलो नेटवर्क छ । विश्वको ९९% सञ्चार र डाटा ट्रान्सफर समुद्रमुनि राखिएका सञ्चार केबलहरूबाट हुने गर्दछ । यी केबलहरूलाई सबमरिन कम्युनिकेशन केबल भनिन्छ । हाल समुन्द्र मुनि करिब ४२६ पनडुब्बी केबल रहेका छन् जसको कुल लम्बाई करिब १३ लाख किलोमिटर छ । गुगल, माइक्रोसफ्ट र फेसबुक जस्ता ठूला इन्टरनेट कम्पनीहरूले तिनीहरूलाई राख्छन् । सबै टेलिकम प्रदायकहरू पनि यसको कोषको हिस्सा हुन् ।

यी केबलहरू कसरी राखिन्छन ?

यी केबलहरू हजारौं किलोमिटर लामो छन् र सगरमाथा (८८४८ मिटर) भन्दा पनि गहिरो छन् । तिनीहरू एक विशेष डुङ्गा–‘केबल लेयर्स (तह)’ मार्फत समुद्रको सतहमा राखिन्छन । १ सय देखि २ सय किलोमिटर केबलहरू सामान्यतया एक दिनमा राखिन्छन् । तिनीहरूको चौडाइ लगभग १८ मिमी हुन्छ । पनडुब्बी अप्टिकल फाइबर केबलहरू स्याटलाइ (उपग्रह) प्रणालीहरू भन्दा डाटा स्थानान्तरणको लागि धेरै सस्तो हुन्छन् र नेटवर्क स्पीड पनि धेरै छिटो हुन्छ ।

जोखिममा केबल

समुद्रमुनि रहेका यी केबलहरू प्राकृतिक प्रकोपको सबैभन्दा बढी जोखिममा छन् । एकै समयमा, यी केबलहरू समुद्री जीवहरूबाट पनि खतरामा छन् । तर, यस्तो जोखिमहरुबाट बजाउन सबै सम्भव उपायहरू पनि अपनाइएको छ । हाई प्रेसर वाटर जेट टेक्नोलोजी मार्फत यी केबलहरूलाई कुनै पनि समुद्री जीव वा पनडुब्बीले हानि नपुगोस् भनेर समुद्रको सतहमुनि गाडिने गरिन्छ । धेरै पटक समुद्री शार्कहरूले यी केबलहरू चपाउने प्रयास गरेका छन् । त्यसपछि केबलहरूमा शार्क–प्रुफ तार र्यापरहरू स्थापना गरेर बिछ्याइएको थियो । यी केबलहरूमा समुन्द्रमुनि गरिने गतिविधिहरुद्वारा पनि क्षति हुन सक्छ ।

केबल काटिने बित्तिकै के हुन्छ ?

एउटै केबल काट्दा मात्रै कनेक्सन काटिने भन्ने त हुँदैन, । कम्पनीसँग एउटा केबलको सट्टा अन्य केबलको ब्याकअप पनि हुन्छ । यद्यपि, केबल काटिदा यसले सञ्चार र इन्टरनेटको गतिमा महत्वपूर्ण प्रभाव पर्छ । सन २०१६ मा तमिलनाडुमा आएको चक्रवात वरदाको प्रहार ले समुद्रमुनि राखिएका इन्टरनेट केबलहरूलाई क्षति पुर्यायो, जसले गर्दा देशका केही भागहरूमा एयरटेल नेटवर्कमा इन्टरनेटको गति सुस्त भयो । कम्पनीले यसबारे ग्राहकहरूलाई जानकारी पठाएको थियो । यस्तै सन २००८ मा केही बदमास पौडीबाजहरूले युरोप र अमेरिकाबाट इजिप्ट पुगेका चारवटा केबलहरू काटेका थिए । जसका कारण सम्पूर्ण इजिप्टको इन्टरनेट स्पीड ६० प्रतिशतले सुस्त भएको थियो । यस्ता केबल कहाँ काटिएको छ भनेर पत्ता लगाउन रोबोट पठाइन्छ । केबलको आयु लगभग २५ वर्ष हुन्छ र केही समयपछि केबल मर्मत गरिन्छ । नवभारत टाइम्सबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL