Logo

आन्तरिक खपतको कमीले आर्थिक मन्दीको चपेटामा बेलायत, अझै लम्बिने डर

आन्तरिक खपतको कमीले आर्थिक मन्दीको चपेटामा बेलायत, अझै लम्बिने डर



काठमाडौं । पछिल्लो समय निम्तिएको न्युन आन्तरिक खपतले बेलायतलाई आर्थिक मन्दीमा धकेलेको छ । उपभोक्ताले गरेको खर्चमा गिरावट, डाक्टरहरूको हडताल र विद्यालयमा विद्यार्थीको न्युन उपस्थितिले गत वर्षको अन्त्यमा बेलायतलाई मन्दीमा धकेलेको बताईएको छ ।

laxmi

गत बर्षको जुलाई र सेप्टेम्बरको बीचमा संकुचित भइसकेपछि बेलायतको अर्थतन्त्र अक्टोबर र डिसेम्बरको बीचमा अपेक्षित ०.३ प्रतिशतले घटेको थियो ।

यदि यस्तै संकुचन पुनः निरन्तर दोस्रो त्रैमासिकसम्म पनि रहीरह्यो भने अझै बेलायत मन्दीमै रहने अर्थविदहरु बताउँछन् । यसले बेलायतका प्रधानमन्त्री ऋषी सुनकले आफ्नो प्रतिवद्धता अनुसार काम गर्न नसकेको देखाएको छ ।

तर, हालसम्म सरकारले हालसम्म अहिलेको आर्थिक संकुचनबाट पार लगाउने उपायबारै कुनै प्रतिक्रिया भने सार्वजनिक गरिसकेको छैन ।

कोरोना महामारीबाहेकका बर्ष आर्थिक वृद्धिको वार्षिक तथ्यांकमा २००९पछि सबैभन्दा कमजोर रहेको बताईन्छ । त्यसबेला विश्वका प्रमुख अर्थतन्त्रहरु आर्थिक मन्दीबाट गुज्रिरहेका बेला बैंकहरुले कर्जा लगानी पनि ठप्प पारेका थियो ।

हाल आर्थिक दबाब सामना गर्ने सूचीमा बेलायत एक्लै भने छैन । युरोपेली संघ सन् २०२३ को दोस्रो त्रैमासमा बालबाल आर्थिक मन्दीबाट बच्यो भने जापानले आफ्नो अर्थतन्त्र दोस्रो त्रैमासिकमा संकुचित भएको पुष्टि गर्यो ।

बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले वर्षको अन्त्यमा अर्थतन्त्रका धेरै क्षेत्रहरु खस्किएको उल्लेख गरेको छ । गत नोभेम्बरमा ब्ल्याक फ्राइडे बिक्रीको फाइदा उठाएर डिसेम्बरमा खरिदकर्ताहरूले कम खर्च गरेको तथ्यांकमा देखिन्छ ।

डाक्टरको हडतालले स्वास्थ्य क्षेत्र प्रभावित भएको थियो भने विद्यालयमा हाजिरी १ प्रतिशतले घटेको थियो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुनै पनि देशमा कम्पनीहरू, सरकार, सार्वजनिक क्षेत्र र व्यक्तिहरूको सबै आर्थिक गतिविधिहरूको मुख्य मापन हो ।

प्रतिक्रिया दिनुहोस्
MBL