Logo

थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध, यी हुन हालै आवद्ध भएका संस्थाहरु

थप ७ बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आवद्ध, यी हुन हालै आवद्ध भएका संस्थाहरु



काठमाडौं । हालै एउटा विकास बैंक र ६ ओटा अन्य वित्त कम्पनीहरु पनिप नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आवद्ध भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्ने भएका हुन् ।

laxmi

सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्डफाइनान्स, गुडविल फाइनान्स, प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन् । यस अघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेका छन् । आरटीजीएस प्रणालीमा रहेका बैंक/वित्तिय संस्थामध्ये ४२ वटा संस्था एनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटीजीएसमार्फत सो प्रणालीमा जोडिएका हुन् ।

आरटीजीएस प्रणाली मार्फत् २ लाख रुपैयाँ भन्दा माथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान, गर्न नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग जोडिन, बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गर्न कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो । आरटीजीएस प्रणालीको पहुच सँगै विधुतिय कारोबारको आकार पनि उल्लेख्य बृद्घी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL