Logo

वर्ल्डलिंकले ल्यायो ६ सय एमबीबीएस गतिको इन्टरनेट, ब्राण्ड एम्बेस्डरमा निर्मल पुर्जा

वर्ल्डलिंकले ल्यायो ६ सय एमबीबीएस गतिको इन्टरनेट, ब्राण्ड एम्बेस्डरमा निर्मल पुर्जा



काठमाडौँ । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज सार्वजनिक गरिएको वर्ल्डलिंकले जानकारी दिएको छ । कम्पनीका अुनसार यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ ।

अब वर्ल्डलिंकको इन्टरनेटको स्पिड कम्तिमा पनि १ सय ५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ । उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १ सय ५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् ।

घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक १ हजार २ सय रुपैयामै १ सय ५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने कम्पनीले जानकारी दिएको छ । १ सय ५० एमबीपीएस सहित २ सय २५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ ।

वर्ल्डलिंकले नेपालको इन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेको वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले जानकारी दिए ।

विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हारारारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । साढे ५ लाख परिवारलाई ईन्टरनेटसँग जोडेको वर्ल्डलिंकले नयाँ योजना सार्वजनिक गरेसंगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ योजनाअन्तर्गतको उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा छ।

वर्ल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसको लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ ।

यो योजनाले ईन्टरनेट सेवाग्राहीको वाईफाई कभरेज, स्पिड कम हुने समस्या समाधान गर्ने वर्ल्डलिंकको विश्वास छ । उपभोक्तालाई गुणस्तरीय सेवाको प्रत्याभूति गर्न वर्ल्डलिंकले मर्मत सेवालाई प्रभावकारी बनाउँदै लगेको छ ।

साहसिक निर्मल पुर्जा वर्ल्डलिंकका सद्भावना दूत

८ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल ७ महिनामा आरोहरण गरी विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा वल्डलिंकको सद्भावना दूत नियुक्त भएका छन् । बुधवार आयोजित कार्यक्रममा वर्ल्डलिंकले पुर्जालाई सद्भावना दूत नियुक्त गरेको हो ।

पुर्जाको हिमाल आरोहण सम्बन्धी कथामा आधारित भएर तयार पारिएको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स : नथिङ ईज ईम्पोसिबल’ केही साता अघि मात्रै नेटफिलक्समार्फत विश्वभर सार्वजनिक भएको छ । नोभेम्बर ३० मा सार्वजनिक भएको वृत्तचित्र नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL