Logo

एउटै नम्बरमा फरक–फरक कम्पनीको सेवा लिन सकिने नियमावलीको मस्यौदा तयार, के–के छन् व्यवस्था (मस्यौदासहित)

एउटै नम्बरमा फरक–फरक कम्पनीको सेवा लिन सकिने नियमावलीको मस्यौदा तयार, के–के छन् व्यवस्था (मस्यौदासहित)



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले धेरै अपरेटरको सेवा एउटै नम्बरमा लिन सकिने गरी मोबाइल पोर्टेबिलीटी सम्बन्धी नियमावलीको मस्यौदा तयार पारेको छ । प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलीटी (एमएनपी) सम्बन्धी नियामाली २०७८ को मस्यौदा तयार पारेर राय सुझावका लागि आफ्नो वेबसाईटमा सार्वजनिक गरेको छ ।

उक्त नियमावलीमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुले आगामी १ महिनासम्म रायसुझाव दिन सक्ने प्राधिकणले जानकारी दिएको छ । प्राधिकरणले तयार पारेको नियमावलीको मस्यौदामा कुनै एक व्यक्तिले एमएनपी सेवाको अख्तियारी लिन सक्ने र उसले सबै दूरसंचार सेवाप्रदायकलाई उनिहरुको सेवा पोर्टीङका लागि सहयोग पुर्याउने उल्लेख छ । यस्तै उक्त एमएनपी सेवाको अख्तियारीका लागि टेण्डर प्रक्रियाबाट नियका छानिनेसमेत मस्यौदामा उल्लेख छ ।

यो सेवा कुनै एक नम्बरको सिम चलाईरहेको सेवाग्राहीले सोही नम्बरबाट अर्काे सेवाप्रदायकको पनि सेवा लिन मिल्ने विधि हो । अर्थात हाल नेपाल टेलिकमको नम्बर प्रयोग गरिरहेका सेवाग्राहीले सोही नम्बरमै एनसेलकोसमेत सेवा लिन सक्नेछन् ।

यस्तो छ मस्यौदाको पुर्णपाठ :

प्रतिक्रिया दिनुहोस्
MBL