Logo

क्लव हाउसमा नक्कली आइडी बनाउने माथि प्रहरीले थाल्यो अनुसन्धान, प्रहरीको नाम र लोगो दुरुपयोग गर्ने पक्राउ

क्लव हाउसमा नक्कली आइडी बनाउने माथि प्रहरीले थाल्यो अनुसन्धान, प्रहरीको नाम र लोगो दुरुपयोग गर्ने पक्राउ



काठमाडौं । नेपाल प्रहरीले क्लव हाउसमा नक्कली आईडी बनाएर अरुको नाम तथा लोगो दुरुपयोग गर्नेमाथि छानविन अघि बढाएको छ । नेपाल प्राहरीको साईबर ब्यूरोले नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरुपयोग गरी क्लव हाउसमा आईडी बनाएर दुस्प्रचार गर्ने व्यक्तिलाई पक्राउ गरी छानविन प्रक्रिया अघि बढाएको हो ।

laxmi

केही समय अघि क्लव हाउसमा नेपाल प्रहरीको लोगो दुरुपयोग गरी प्रहरीकै नाममा आईडी बनाई प्रहरी अधिकृतको दर्ज्यानी चिन्ह अंकित युनिफर्म सहितको फोटो दुरुपयोग गरी प्रोफाईलमा प्रहरी अधिकृतको नाम लगायतका विवरण समेत समावेश गरेको भेटिएको थियो । त्यसरी फेक आईडी बनाई नेपाल प्रहरीका कर्मचारीहरुको छविमा नकारात्मक प्रभाव पार्ने गरी सूचना सम्प्रेषण गर्नुको साथै अहोरात्र आम नागरिकको सेवामा समर्पित सिंगो प्रहरी संगठनको छविलाई धमिल्याउने भन्दै प्रहरीले पक्रउ गरी छानविन अघि बढाएको हो ।

साथै प्रहरी संगठनको सम्बन्धमा सामाजिक संजालको दुरुपयोग गरी भ्रामक तथा भ्रमपुर्ण अफवाह फैलाएको कसुरमा जिल्ला भक्तपुर चागुनारायण नगरपालिका ईसान लामिछानेलाई उक्त व्यूरोले भक्तपुरबाट पक्राउ गरेको छ । लामिछाने विरुद्ध काठमाण्डौ जिल्ला अदालतको अनुमतिले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL