Logo

बजेटको मध्यावधि समिक्षा, बजेटको आकार र पूँजीगत खर्चको सीमा घट्ने

बजेटको मध्यावधि समिक्षा, बजेटको आकार र पूँजीगत खर्चको सीमा घट्ने



काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ को बजेटको आकार घटाउने भएको छ । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आबका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयँको बजेट ल्याएकोमा आज अर्थमन्त्री विष्णु पौडेलले त्यसको मध्यावधि गर्दै बजेटको आकार घटाउन लागेका हुन् ।

तत्कालिन समयमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को तुलनामा चालू आबका लागि स्रोतको अभाव हुने भन्दै बजेटको आकार घटाएर ल्याएका थिए । तर उक्त बजेटको लागि पनि स्रोत नपुग्ने भएपछि अर्थमन्त्री विष्णु पौडेलले आज मध्यावधि समिक्षा गर्दै घटाउने भएका हुन् ।

अर्थमन्त्रालयले आज ३ बजे आफ्नै सभाहलमा बजेटको अर्थवार्षिक समिक्षा गर्दै छ । उक्त समिक्षामार्फत बजेटको आकारका साथै पूँजीगत खर्चको सीमा समेत घटाईने भएको छ ।
हालसम्म पूँजीगत खर्च एकदमै न्यून भएको र बजेटका लागि आवश्यक स्रोत समेत नभएकाले मध्यावधि समिक्षामार्फत घटाईएको अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।

अहिलेसम्मको अवस्था हेर्दा पूँजीगत खर्च न्यून छ भने बजेटका लागि स्रोतको निश्चित गरिएको ऋण र वैदेशिक अनुदान समेत आएन,’ उक्त स्रोतले भन्यो, ‘बजेटमा स्रोतको अभाव र पूँजीगत खर्च परिचालन न्यून हुने देखिएपछि दुबैको सीमा घटाएका छौं ।’

सरकारले चालू आबको बजेटको स्रोत व्यवस्थापनका लागि ८ खर्ब ७९ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट उठाउने लक्ष्य लिएको थियो । यसैगरी वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ तथा थप नपुग ५ खर्ब २४ अर्ब ५० करोड बजेटका लागि २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक ऋण लिने भएको छ २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाउने भएको लक्ष्य लिएको थियो । अहिलेको अवस्थासम्म राजस्वको लक्ष्य भेट्ने देखिएपनि वैदेशिक सहायता तथा ऋण समेत नउठ्ने देखिएको उक्त स्रोतको भनाई छ ।

सरकारले सो बजेटमध्ये चालू खर्चतर्फ कुल बजेटको ६४ दशमलव ४ प्रतिशत अर्थात ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको थियो भने यसैगरी पूँजीगत खर्चतर्फ कुल बजेटको २३ दशमलव ९ प्रतिशत अर्थात ३ अर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ छुट्याएको थियो । कुल पूँजीगत खर्चको हालको अवस्थासम्म आईपुग्दा १७.३५ प्रतिशत रकम मात्रै खर्च भएको छ भने चालूतर्फ ४२ प्रतिशत रकम खर्च गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL