Logo

कोरोनासँग लड्न आईएफसीले नेपाल लगायत गरिव देशलाई पौने ५ खर्ब दिने, प्राथमिकतामा निजी क्षेत्र

कोरोनासँग लड्न आईएफसीले नेपाल लगायत गरिव देशलाई पौने ५ खर्ब दिने, प्राथमिकतामा निजी क्षेत्र



काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले पछिल्लो समय विकासशिल देशहरुमा कोरोनाले पारेको असरलाई मूख्य केन्द्रमा राखेको छ । कोरोना माहारीले निम्त्याएको आर्थिक असन्तुलनलाई ध्यानमा राख्दै गत मार्चमा आईएफसीले ८ अर्ब डलरको आईएफसी कोभिड–१९ फास्ट ट्«याक फाईनान्सिङ स्विकृत गरेको थियो । सोहीअनुसार उक्त ८ अर्ब डलरमध्ये ४ अर्ब डलर (४ खर्ब ७३ अर्ब ८ करोड रुपैयाँ) भने गरिब मुलुकका जनताको जिवनस्तर उकास्न सहयोग पुर्याउने उद्देष्यले छुट्याएको छ ।

विकासशिल देशहरुका मानिसको जिवनस्तर उकास्न तथा गरिवीको अन्त्य गर्न, दिगो र भरपर्दाे रिकभरी गर्न निजी क्षेत्रमा सहयोगको खाँचो पर्ने विश्व बैंक समुहका अध्यक्ष डेभिड माल्पासले बताए । उनका अनुसार सोही अद्देश्यलाई ध्यान दिँदै आईएफसी फास्ट ट्«याक फाईनान्सिङको सुविधा ल्याइएको हो । जसमार्फत बजारमा आवश्यक तरलताको पुर्ति भई वित्तीय तथा संस्थापक ग्राहकहरुका लागि सहजता पैदा हुन्छ । सोहीअनुुसार रोजगारी सिर्जना भई वर्किङ क्यापीटलमासमेत सहयोग पुग्ने उनको भनाई छ ।

आईएफसीले विश्व बैंकको सहयोगमा कोरानाबाट प्रभावित विश्वभरीका कम्पनीलाई सहयोग पुग्नेगरी ८ विलियन डलरको आर्थिक प्याकेजको घोषणा गरेको थियो । जसमार्फत बजारमा तरलता सहज भई विश्व व्यापारलाई धेरथोर हौसला हुने बताईएको थियो । जसमार्फत कोरोना महामारीका कारण आर्थिक अभावमा बन्द हुन लागेका कम्पनीलाई बचाउनु आईएफसीको प्रमुख उद्देश्य थियो । यसबाट कम्पनी बन्द हुने अवस्था नआउनुका साथै धेरै कर्मचारीहरुले आफ्नो रोजगारीसमेत छुटाउनुपर्ने वाध्यताको अन्त्य हुने बताईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL