Logo

राजस्व संकलनको संसोधित लक्ष्य भेटाउन पनि सरकार असफल, अन्तिम टार्गेट ८६० अर्ब संकलन ८३६ अर्ब मात्र

राजस्व संकलनको संसोधित लक्ष्य भेटाउन पनि सरकार असफल, अन्तिम टार्गेट ८६० अर्ब संकलन ८३६ अर्ब मात्र



काठमाडौ । सरकार लक्ष्य अनुरुप राजस्व संकलन गर्न असफल भएको छ । सरकारले गत आर्थिक बर्षमा पछिल्लो संसोधित अनुमान अनुसार ८ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, आर्थिक बर्षको अन्त्यसम्ममा ८ खर्ब ३६ अर्ब रुपैयाँ मात्र संकलन भएको अर्थ मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङन महाशाखाका सहसचिव उत्तरकुमार खत्रीले जानकारी दिए ।

सरकारले गत बर्षको बजेट सार्वजनिक गर्दा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर लक्ष्य अनुरुप राजस्व संकलन नहुने देखिएपछि दोस्रो पटक संसोधन गर्दै ८ खर्ब ६० अर्ब रुपैयाँमा झारेको थियो ।

विशेषगरी सरकार आयकर र मूल्य अभिवृद्धि कर उठाउन नसक्दा समग्र राजस्व परिचालनमा समस्या आएको हो । सरकारले गत आर्थिक वर्षमा २ खर्ब ९ अर्ब ६८ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य राखेको थियो । त्यसमा १ खर्ब ९० अर्ब रुपैयाँ मात्र उठाएको छ ।

यसैगरी सरकार बजेट खर्च परिचालनमा पनि असफल भएको छ । सरकारले पछिल्लोपटक संसोधित खर्च अनुमान पनि परिचालन हुन सकेको छैन । पछिल्लो पटक संसोधित अनुमानको करिव ८५ प्रतिशत मात्र बजेट खर्च भएको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्