Logo

थप तीन जीवन बीमा कम्पनीले पाए लाइसेन्स, कम्पनी संख्या १५ पुग्यो

थप तीन जीवन बीमा कम्पनीले पाए लाइसेन्स, कम्पनी संख्या १५ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बीमा समितिले थप तीन ओटा बीमा कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । समितले थप १० वटा कम्पनीलाई जीवन बीमा सम्बन्धी अनुमति प्रदान गरेकामा आज तीन वटा कम्पनीलाई संचालन अनुमति प्रदान गरिएको बीमा समितिका कामु कार्यकारी निर्देशक श्रीमान कार्कीले बताए ।
 कार्कीका अनुसार आज सन लाइफ, रिलायन्स लाइफ र रिलायबल लाइफ इन्स्यारेन्सलाई संचालन अनुमति (लाइसेन्स) प्रदान गरिएको हो । यससँगै थप ६ वटा नयाँ जीवन बीमा कम्पनीले लाइसेन्स पाएका छन् । अबका दिनमा जीबन बीमा सम्बन्धी काम गर्ने कम्पनीको संख्या १५ पुगेको छ ।
समितिले यस अघिे आइएमइ, युनियन र ज्योति लाइफ इन्स्यारेन्सलाई लाईसेन्स प्रदान गरेको थियो । नयाँ बीमा कम्पनीको लाइसेन्स पाउँन संस्थापले ७० प्रतिशत चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ । साथै ती कम्पनीहरुले ७० प्रतिशत चुक्ता पूँजी पुर्याएको प्रमाण पेश गरेपछि मात्र लाइसेन्स दिइएको कार्कीले जानकारी दिए ।
समितिले हालै जारी गरेको निर्देशिका अनुसार जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ हुनुपर्छ । समितिले १० वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिन लागेकोमा बाकी ४ वटा कम्पनीलाई पनि प्रक्रिया पुर्याउने वित्तिकै लाईसेन्स दिइने समितिले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL