Logo

राजधानी केन्द्रित वैदेशिक सहायता, मुस्ताङलाई कम

राजधानी केन्द्रित वैदेशिक सहायता, मुस्ताङलाई कम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी दातृ निकायहरुले प्रदान गर्ने आर्थिक सहायता काठमाडौंमै केन्द्रित हुने गरेको पाइएको छ ।
अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनमा आर्थिक बर्ष २०७२/ ०७३ मा काठमाडौंले सवैभन्दा बढी बजेट प्राप्त गरेको उल्लेख छ । सरकारको बजेटबाट खर्च गर्ने र आफै खर्च गर्ने सहायतामध्य काठमाडौंले बढी पाएको हो ।

सो अवधिमा दातृ निकायले नेपाललाई प्रदान गरेको विकास सहायता बजेटमध्ये काठमाडौंले सबैभन्दा बढी ३७ दशमलव३१ मिलियन अमेरिकी डलर अर्थात ३ अर्व ७३ करोड रुपैयाँ बजेट पाएको छ । उसले ४९ ओटा परियोजनाका लागि सो बराबरको सहायता पाएको हो ।

दातृ निकायको सहयोग बढी सहयोग पाउने अन्य चारमा नुवाकोट, काभ्रेपलाञ्चोक, भक्तपुर र कैलाली जिल्ला रहेका छन् । प्रतिवेदन अनुसार नुवाकोटले सो अवधिमा यसपछि नुवाकोटले २७ दशमलव ५१ मिलियन डलर (२ अर्व ७५ करोड रुपैयाँ) पाएको हो ।

नुवाकोटले ३८ वटा परियोजनाका लागि त्यस्तै काभ्रेपलाञ्चोकले ३५ ओटा परियोजनाका लागि २ अर्व ११ करोड रुपैयाँ , भक्तपुरले ३४ ओटा परियोजनाका लागि २ अर्व ५७ करोड र कैलालीले १ अर्व ८४ करोड रुपैयाँ सहायता ४६ ओटा परियोजनाका लागि प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

यता सबैभन्दा कम विकास सहायता बजेट पाउनेमा मुस्ताङ रहेको पाइएको छ । गत आवमा मुस्ताङमा १ दशमलव ४२ मिलियन अमेरिकी डलर अर्थात १४ करोड सहयोग विदेशी दातृ निकायले गरेका थिए ।

त्यस्तै मनाङमा १ दशमलव ५६,इलामले २ दशमलव ३१, अर्घाखाँची २ दशमलव ५० मिलियन अमेरिकी डलर प्राप्त गरेको छ । यस रकमबाट सम्बन्धित जिल्ला भौतिक पूर्वाधार निर्माण तथा विकासका अन्य कार्यमा रकम खर्च गरिएको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL