काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो दुई महिनासम्म जीवन बीमा कम्पनीले सवा ३५ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपालमा संचालित १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा ३५ अर्ब २४ करोड ९७ लाख रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिमा कम्पनीले ९ अर्ब ६८ करो ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा राष्ट्रिय जीवन बिमा कम्पनी रहेको छ । यसले भदौसम्मआइपुग्दा ४ अर्ब ८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्सले ३ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, एलआईसी नेपालले ३ अर्ब ३९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्सले ३ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यता, सञ्चालनमा रहेको ३ जीवन लघुबीमा कम्पनीहरुले भदौ महिनासम्म १५ करोड ६४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।