Logo

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा

‘निखिल मेसवानी’ जसले चलाउँछन् भारतको सबैभन्दा मूल्यवान कम्पनी ‘रिलायन्स’, मासिक करोडौं तलब र सुविधा



काठमाडौं । मुकेश अम्बानी एसिया र भारतका सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति ११० विलियन डलरको हाराहारीमा छ । उनी रिलायन्स इन्डस्ट्रिज (आरआइएल) का अध्यक्ष हुनु । आरआइएल भारतको सबैभन्दा मूल्यवान कम्पनी हो । मुकेश अम्बानी रिलायन्स इन्डस्ट्रिजको सहायक कम्पनीहरूमार्फत विभिन्न व्यापारिक गतिविधिमा संलग्न छन् ।

laxmi

यसका लागि उनले आफ्ना परिवारका सदस्यहरू जस्तै नीता अम्बानी, ईशा अम्बानी, आकाश अम्बानी र अनन्त अम्बानी र केही नजिकका सहयोगीहरूबाट पनि सहयोग पाउँछन् । निखिल मेसवानी मुकेश अम्बानीका एक नजिकका साथी हुन् । उनी रिलायन्स इन्डस्ट्रिजमा सबैभन्दा धेरै तलब पाउने कर्मचारी हुन् । निखिल मेसवानीले वार्षिक ४० करोड भन्दा बढी वार्षिक तलब-सुविधा पाउँछन् ।

निखिलले अम्बानी परिवारका अन्य सदस्यभन्दा बढी वार्षिक तलब पाउँछन् । उनी रसिकभाई मेसवानीका छोरा हुन् । रसिकभाई मुकेश अम्बानीको पहिलो बोस थिए । वास्तवमा, जब मुकेश अम्बानी व्यापार जगतमा प्रवेश गरे, उनलाई रसिकभाई मेसवानीको निर्देशनमा राखिएको थियो । त्यतिबेला मुकेश अम्बानीका बुवा धीरुभाईको नेतृत्वमा रिलायन्स समूह तीव्र गतिमा फस्टाउँदै थियो ।

निखिलको कम्पनीमा यात्रा कसरी सुरु भयो ?

रसिकभाई धीरुभाई अम्बानीका भतिजा थिए । उनी रिलायन्सका संस्थापक निर्देशकहरूमध्ये थिए । मुकेशलाई निर्देशन दिने जिम्मेवारी दिइएको थियो । रसिकभाईले समूहको बढ्दो पोलिस्टर डिभिजनको निरीक्षण गर्थे । अहिले उनै रसिकभाईका छोरा निखिल मेसवानी रिलायन्स इन्डस्ट्रिजमा सबैभन्दा धेरै तलब पाउने कर्मचारी हुन् । उनले मुकेश अम्बानीको जस्तै करियरको बाटो अपनाए ।

कम्पनीमा निखिलको करियर प्रोजेक्ट अफिसरको रूपमा सुरु भयो । उनी मुख्यतया पेट्रोकेमिकल डिभिजनमा केन्द्रित छन् । पेट्रोकेमिकल उद्योगमा रिलायन्सलाई एक प्रमुख विश्वव्यापी खेलाडीको रूपमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका खेलेका छन् । निखिल सन् १९८६ मा रिलायन्सको हिस्सा बनेका थिए । जुलाई १, १९८८ देखि उनले कम्पनीको बोर्डमा कार्यकारी निर्देशक बनेर पूर्ण–समय निर्देशकको पद ग्रहण गरे ।

निखिल मेसवानी अन्य धेरै कुराहरूसँग जोडिएका छन् । मेसवानी रिलायन्सको स्वामित्वमा रहेको इन्डियन प्रिमियर लिग क्रिकेट फ्रेन्चाइज मुम्बई इन्डियन्स, इन्डियन सुपर लिग र कम्पनीका अन्य खेलकुद पहलहरूसँग सम्बन्धित छन् । मुकेश अम्बानीले भारतको सबैभन्दा ठूलो कम्पनीको नेतृत्व गरे पनि यो महत्वपूर्ण छ । तर, तलब भने पाउँदैनन् । कोभिड–१९ को महामारी अघि अर्बपतिले वार्षिक १५ करोड तलब पाउँथे । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL