Logo

९ महिनामा निर्जिवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब, चैतमा मात्रै पौने ४ अर्ब संकलन

९ महिनामा निर्जिवन बीमा कम्पनीले संकलन गरे ३० अर्ब, चैतमा मात्रै पौने ४ अर्ब संकलन



काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत महिनासम्म करिव ३० अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ निर्जिवन बीमा कम्पनीहरुले साउनदेखि चैतसम्मको अवधिमा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । यी कम्पनीहरुले यस अवधिमा २१ लाख ९३ हजार बीमालेखमार्फत उक्त शुल्क संकलन गरेका हुन् ।

laxmi

यता चैतमा मात्रै यी कम्पनीहरुले ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार चैत महिनामा निर्जिवन बीमा कम्पनीहरुले २ लाख ७६ हजार बढी बीमालेख जारी गरी उक्त शुल्क आर्जन गरेका हुन् ।

चालु आवको ९ महिनाको कुरा गर्दा निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । यस्तै यसै अवधिमा सगरमाथा इन्स्योरेन्सले ३ अर्ब ५३ करोड सिद्धार्थ प्रिमियरले २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

यस्तै प्रुडेन्यिलले २ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन एभरेष्टले २ अर्ब ५४ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले १ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यता एनएलजीले १ अर्ब ८३ करोड रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब ७८ करोड रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ५१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ८७ करोड रुपैयाा कुल बीमाशुल्क आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL