Logo

अर्थमन्त्रीकाे कर नीतिकाे प्रभाव, एफपीओ र मर्जरबाट एकैदिन उठ्याे ११ अर्व राजस्व

अर्थमन्त्रीकाे कर नीतिकाे प्रभाव, एफपीओ र मर्जरबाट एकैदिन उठ्याे ११ अर्व राजस्व



काठमाडौं । शुक्रबार एकैदिन सरकारको खातामा ११ अर्ब बढी राजस्व थपिएको छ । सरकारले बजेटमार्फत व्यवस्था गरेको मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन भएको हो ।

laxmi

अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरेका थिए । यसरी संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए ।

हिजो बिहीबार सर्वोच्चले मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयमाथि परेको रिट खारेज गर्दै सरकारले गरेको निर्णयलाई सदर गरेसँगै सरकारलाई उक्त कर उठाउने बाटो खुलेको थियो ।

यससँगै यस्तो कर मंसिरभित्र तिर्नैपर्ने वाध्यता बैंक तथा वित्तीय संस्थाहरुलाई छ । सोही अनुसार मंसिरको आज र भोलीको दिनमात्रै बाँकी रहँदा आज एकैदिन बैंक वित्तीय संस्थाहरुले उक्त कर तिरेका हुन् ।

बाँकी रहेका बैंक वित्तीय संस्थाहरुलाई कर तिर्ने सुविधासहित नेपाल राष्ट्र बैंकले भोली शनिबार पनि बैंक वित्तीय संस्था खुल्लै राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL