Logo

चीनको घरजग्गा व्यवसायमा अर्को संकट, २२ खर्ब बढी ऋण भएको ‘कन्ट्री गार्डेन’ ऋण तिर्न असफल

चीनको घरजग्गा व्यवसायमा अर्को संकट, २२ खर्ब बढी ऋण भएको ‘कन्ट्री गार्डेन’ ऋण तिर्न असफल



काठमाडौं । चीनको रियल इस्टेट संकट गहिरिँदै गएको छ । रिपोर्टका अनुसार देशको सबैभन्दा ठूलो निजी सम्पत्ति विकासकर्ता कम्पनी कन्ट्री गार्डेन पनि वैदेशिक ऋण तिर्न चुकेको छ । यो कम्पनीको विदेशी ऋण ११ अर्ब डलर र आन्तरिक ऋण छ अर्ब डलर (कुल २२ खर्ब रुपैयाँ बढी) छ । यही डिफल्टका कारण चीनको समस्या बढेको छ ।

laxmi

चीनको अर्थतन्त्रमा घरजग्गाको एक तिहाइ हिस्सा भएका कारण घरजग्गा कम्पनीहरू डुब्दा बैंकहरूको अवस्था पनि बिग्रन सक्छ र यसले समग्र अर्थतन्त्र नै डुब्ने खतरा उत्पन्न हुन सक्छ । जुलाई र सेप्टेम्बरको बीचमा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको छ, जुन दोस्रो त्रैमासिकमा ६.३ प्रतिशतभन्दा कम छ ।

चीन सरकारले घरको माग बढाउन धेरै उपायहरू अपनाएको छ तर घर बिक्री गत वर्षको तुलनामा निकै कम छ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा देशमा सम्पत्ति लगानी ९.१ प्रतिशतले घटेको छ । अगस्टमा, कन्ट्री गार्डनले वर्षको पहिलो ६ महिनाको तथ्यांक जारी गरेो थियो । यस अवधिमा कम्पनीले ६.७ अर्ब डलरको कीर्तिमानी घाटा बेहोरेको छ । यस्तो अवस्थामा यदि कम्पनीको डिफल्ट पुष्टि भयो भने विदेशी ऋणीहरूले पुनर्संरचना प्रक्रियाको लागि वित्तीय सल्लाहकारहरूसँग वार्ता सुरु गर्न सक्छन् । कम्पनीको ऋणलाई हेर्दा यो प्रक्रिया लामो समय लाग्न सक्छ ।

संकट कसरी सुरु भयो?

सन २०२१ मा, कन्ट्री गार्डेनको प्रतिद्वन्द्वी कम्पनी एभरग्रान्डे डिफल्ट भयो । यसले चीनमा रियल इस्टेट संकटको सुरुवात गर्यो । कम्पनीका अध्यक्ष अहिले प्रहरी हिरासतमा छन् । सन् २०२० मा चीन सरकारले घरजग्गा कम्पनीहरूले लिने ऋणको सीमाबारे नियम बनाएको थियो । यसबाट घरजग्गा उद्योग पूर्ण रूपमा लडखडायो । एभरग्रान्डे कुनै समय चीनको सबैभन्दा बढी बिक्री हुने विकासकर्ता कम्पनी थियो । आज योसँग ३०० बिलियन डलर भन्दा बढी ऋण छ, जुन संसारको कुनै पनि घर जग्गा कम्पनीको सबैभन्दा ठूलो ऋण हो । चीनका धेरै घरजग्गा कम्पनीले ऋण तिर्न चुकेका छन् । जसका कारण देशका धेरै आयोजनाहरु अलपत्र परेका छन् ।

घरजग्गाबाहेक, चीनको अर्थतन्त्र अन्य धेरै मोर्चाहरूमा पनि संघर्ष गरिरहेको छ । देशको अर्थतन्त्रको बृद्धि सुस्ताएको, स्थानीय सरकारको ऋण बढ्दै गएको र बेरोजगारी चरम उत्कर्षमा पुगेको छ । मन्दीको डरले मानिसहरु खर्च गर्नबाट टाढिदै गएकाले उपभोक्ताको उपभोग पनि सुस्त भएको छ । विदेशी कम्पनीहरूले चीनबाट बाहिर निस्किरहेका छन् भने विदेशी लगानीकर्ताले पैसा फिर्ता गरिरहेका छन् । बाँकी रिक्तता अमेरिकासँगको बढ्दो तनावले भरिएको छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL