Logo

नयाँ सामाजिक सञ्जाल कानून पारित, बालबालिकाको तस्वीर र भिडियो सेयर गर्ने अभिभावकलाई जेल सजाय

नयाँ सामाजिक सञ्जाल कानून पारित, बालबालिकाको तस्वीर र भिडियो सेयर गर्ने अभिभावकलाई जेल सजाय


bizkhabar
162
Shares

काठमाडौं। सामाजिक सञ्जालको युगमा गोपनीयता एक महत्त्वपूर्ण मुद्दाको रूपमा देखा परेको छ। यस्तो अवस्थामा नयाँ सामाजिक सञ्जाल कानूनको आवश्यकता छ । नयाँ सामाजिक सञ्जालसम्बन्धी कानूनको विषयमा नेपालमा पनि विभिन्न बहस भइरहेका छन् । अहिले धेरै देशमा अनुमतिबिना सामाजिक सञ्जालमा फोटो तथा भिडियो शेयर गर्न प्रतिबन्ध लगाइएको छ । तर, फ्रान्स यस मामिलामा एक कदम अगाडि बढेको छ ।

laxmi

अभिभावकले बालबालिकाको अनुमतिबिना तस्बिर र भिडियो सेयर गर्न नपाउने

फ्रान्सले बालबालिकाको गोपनियताको विशेष ख्याल राख्दै अभिभावकले बालबालिकाको अनुमतिबिना तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गर्न सक्ने नयाँ विधेयक पारित गरेको छ ।

अर्थात् अभिभावकले अनुमतिबिना आफ्ना बालबालिकाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरेमा उनीहरुलाई जेल सजाय पनि हुनसक्छ । यस विधेयकको उद्देश्य बालबालिकाको गोपनीयतालाई सुदृढ पार्नु हो।

नयाँ विधेयकअनुसार अभिभावकमध्ये एकले बालबालिकाको फोटो र भिडियो अनलाइन सेयर गरेमा आफ्ना बालबालिकाको गोपनियता हनन गरेकोमा बाबु र आमा दुवै संयुक्त रूपमा जिम्मेवार हुनेछन् ।

किन लिइयो यस्तो निर्णय ?

वास्तवमा केही समयदेखि फ्रान्समा बालबालिकाका आमा र बाबुको नाममा सामाजिक सञ्जाल अकाउन्ट बनाइएको गुनासो आइरहेको थियो । त्यसयता संसदमा बालबालिकाको तस्बिर र भिडियोलाई चाइल्ड पोर्नोग्राफीका लागि प्रयोग गर्न सकिने कानुनको बारेमा बहस भएको छ ।

बालबालिकाको तस्बिरको दुरुपयोग

एक प्रतिवेदन अनुसार बाल पोर्नोग्राफीका लागि प्रयोग हुने सामाजिक सञ्जालका ५० प्रतिशत तस्बिरहरू अभिभावकले सामाजिक सञ्जालमा सेयर गरिएका खाताबाट लिइएका हुन् । नयाँ सामाजिक सञ्जाल विधेयक फ्रान्सेली सिनेटले पारित गरेको छ । उक्त विधेयक राष्ट्रपतिबाट स्वीकृत भएसँगै लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL