Logo

जनताबाट एक पैसा पनि कर लिदैनन् यी देश, जनतालाई सबैभन्दा राम्रो सेवा सुविधा दिनेमा पनि अगाडि

जनताबाट एक पैसा पनि कर लिदैनन् यी देश, जनतालाई सबैभन्दा राम्रो सेवा सुविधा दिनेमा पनि अगाडि



काठमाडौं । जुनसुकै देश होस्, त्यहाँको सरकारले जनताबाट कर (व्यक्तिगत आयकर) अवश्य लिन्छ । सरकारको आम्दानीको मुख्य स्रोत कर हो । सरकारले जनताबाट दुई किसिमले कर उठाउँछ । एउटा प्रत्यक्ष कर र अर्को अप्रत्यक्ष कर । सरकारले जनताबाट उठाउने करबाट मात्रै विकास निर्माणका कामहरु हुने गर्दछन ।

laxmi

तर, विश्वमा धेरै देशहरू छन् जहाँ मानिसहरूले एक पैसा पनि कर तिर्नु पर्दैन अर्थात (करमुक्त देशहरू) । यति हुँदाहुँदै पनि यी देशका जनताले सरकारबाट राम्रा सेवा सुविधा पाउँछन् र ती देशहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् । आखिर जनताबाट कर नलिने देश कुन–कुन हुन् ? यी देशहरूले कसरी कमाउँछन् ?

हाल संसारमा शून्य आयकर भएका देशहरू १४ वटा छन् । एन्टिगुवा र बार्बुडा, सेन्ट किट्स र नेभिस, संयुक्त अरब इमिरेट्स, भानुआटु, ब्रुनाई, बहराइन, बहामास, बर्मुडा, केम्यान टापुहरू, मोनाको, कुवेत, कतार, साउदी अरब, ओमानलगायतका देशमा जनताले कुनै कर तिर्नु पर्दैन । तर, यी देशहरू धेरै धनी छन् र त्यहाँ पैसाको कमी छैन ।

कर नलिई देश कसरी चल्छ ?

सरकारले जनताबाट कर संकलन नगर्ने देशले अर्कै तरिकाले आम्दानी गर्छन । ठूलो मात्रामा निर्या आम्दानीसँगै यी देशहरूमा आयात शुल्क कमाउने पहिलो माध्यम हो । यी देशहरूमा देशभित्र जति पनि सामान आउँछन्, अन्य मुलुकको तुलनामा यहाँ बढी आयात कर लगाइन्छ । उच्च आयात करका कारण यी देशहरूमा बाहिरबाट आउने सबै वस्तुहरू महँगो पर्छन् ।

यी देशहरूमा कम्पनीहरूले कर्पोरेट कर तिर्नु पर्दैन । यस्तो अवस्थामा यो देशलाई कमाउन पर्यटनले धेरै सहयोग गरेको छ । जब पर्यटकहरू यी देशहरूमा फर्किन्छन्, उनीहरूलाई फिर्ता कर पनि लगाइन्छ । बजेट द्दण्द्दघः घर कर्जा ग्राहक र विद्युतीय सवारी खरिद गर्नेहरूका लागि खुसीको खबर, बजेटमा यी घोषणा गर्न सकिने

सेल्फ वर्किंग मोडलमा जोड

आफ्ना नागरिकबाट कर नलिने देशहरूमा सेल्फ–वर्किङ मोडलमा जोड दिइन्छ । यी देशका सरकारी विभागहरूले आफूले कमाएको आम्दानीबाट आफ्नो खर्च चलाउँछन् । यसमा सरकारको कुनै भूमिका हुँदैन । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL