Logo

विश्वको सबैभन्दा ठूलो खुद्रा कम्पनी वालमार्ट, जहाँबाट वार्षिक १ खर्ब ५० अर्बको केरा मात्र बिक्छ

विश्वको सबैभन्दा ठूलो खुद्रा कम्पनी वालमार्ट, जहाँबाट वार्षिक १ खर्ब ५० अर्बको केरा मात्र बिक्छ



काठमाडौं । ‘वालमार्ट’ जसले सधैको लागि विश्वको किनमेल प्रवृत्ति परिवर्तन गर्यो । छुट (डिस्काउन्ट) मोडेल आविष्कार गर्ने पहिलो खुद्रा कम्पनी । ज्याक माले एकपटक भनेका थिए–‘यदि मैले अलिबाबालाई वालमार्ट बनाउन सकिन भने, म जीवनभर पछुताउनेछु ।’

‘एभ्रिडे लो कष्ट प्राइसिङ’ को दर्शनको साथ, राजस्वका हिसाबले वालमार्ट अझैपनि संसारको नम्बर एक कम्पनी हो । तर, नेटवर्थको हिसाबले यो अहिले अमेजनभन्दा पछाडि छ । सन् २००० को प्रारम्भमा, वालमार्टको राजस्व अमेजनको भन्दा १६ गुणा बढी थियो । तर, आज कम्पनी नाफामा पछि परेको छ ।

वालमार्टको पहिलो स्टोर संग्रहालय

विश्वका २४ देशमा व्यापार गर्ने वालमार्ट सन् १९६२ जुलाई ४ मा सुरु भएको थियो । अमेरिकाको अर्कान्सासमा पहिलो पसल खोलियो । जब एक अमेरिकी व्यापारी साम वाल्टनलाई सेल्सम्यानको जागिरबाट हटाइयो । त्यसपछि उनले छुट मूल्य मोडेलमा चीजहरू बेच्न यो पसल खोले । सन १९६७ सम्म, कम्पनीले यो मोडेलबाट धेरै नाफा कमाएको थियो । त्यतिन्जेल वाल्टन परिवारसँग २४ पसलहरू थिए । सन १९९२ मा सैमको मृत्यु पछि, पहिलो स्टोर उनको सम्झनामा संग्रहालयमा परिणत भएको थियो । अहिले यो संग्रहालयले सैमका उपलब्धिहरू साथै सर्वसाधारणका लागि एउटा क्याफे चलाउँछ ।

वालमार्टको सबैभन्दा ठूलो प्रतिस्पर्धी अमेजन

वालमार्टको सबैभन्दा ठूलो प्रतिस्पर्धी अमेजन हो । सन १९६२ देखि २००० सम्म वालमार्टको सुनौलो समय थियो । तर, बजारमा अमेजनको प्रवेशसँगै स्थिति फेरियो । आज, जहाँ वालमार्टको कुल सम्पत्ति ३१९ बिलियन डलर छ भने अमेजनको कुल सम्पत्ति वालमार्टको तीन गुणा अर्थात १ े ट्रिलियनका छ । विज्ञहरूका अनुसार मूल्य युद्ध जित्ने वालमार्टले आफ्ना भौतिक स्टोर–गोदामहरूको भाडा तिनुपर्ने दबाब रहन्छ । जबकि अमेजनले भर्चुअली व्यापार गरिरहेको छ ।

अर्कोतर्फ, वालमार्टको आपूर्ति श्रृंखला यसको ठूला स्टोरहरूमा सामानहरू भण्डारणमा आधारित छ, तर अमेजनको आगमन पछि, घरहरूमा उत्पादनहरू पुरयाउने प्रवृत्तिका कारण आपूर्ति श्रृंखला पूर्ण रूपमा परिवर्तन भएको छ । यसमा अमेजन अगाडि बढेको छ । सुरुका दिनहरूमा वालमार्ट र अमेजनबीच सहकार्यका लागि प्रयासहरू भएका थिए । बेजोसले खुल्लमखुल्ला स्वीकार गर्छन् कि उनले वालमार्टको राम्रोसँग अध्ययन गरेका छन् । यद्यपि, वालमार्ट आफ्नो रणनीतिको बारेमा गोप्य रहन्छ ।

वालमार्टमा अझैपनि वाल्टन परिवारको अधिकांश हिस्सा

वालमार्ट सन् १९७० मा शेयर बजारमा सूचीकृत भएको थियो । दुई वर्षपछि यो न्यूयोर्क स्टक एक्सचेन्जमा सूचीबद्ध भयो । कम्पनीको आधिकारिक जानकारी अनुसार आज पनि वालमार्टको सबैभन्दा ठूलो सेयरधनी वाल्टन परिवार रहेको छ भने आधाभन्दा बढी सेयर परिवारसँग रहेको छ । यसपछि सबैभन्दा बढी ५ प्रतिशत सेयर भ्यानगार्ड ग्रुपको छ ।

वालमार्टको वाल्टन परिवार मोडेल

सन् १९९२ मा कम्पनीका संस्थापक साम वाल्टनको मृत्युपछि व्यवसायको स्थानान्तरणको व्यवस्थापन गर्यो । विश्वको सबैभन्दा धनी परिवार वाल्टन्सले सन् १९८८ देखि कम्पनीको दैनिक कारोबार प्रबन्धकहरूलाई हस्तान्तरण गरेको थियो । त्यसपछि त्यसको निगरानी गर्न बोर्ड गठन गरिएको थियो । सामका जेठा छोरा रोब वाल्टन र उनका भतिजा स्टुअर्ट वाल्टन वालमार्टको बोर्डमा छन् । सामले आफ्नो मृत्युको ४० वर्षअघि सन् १९५३ मा उत्तराधिकार योजना सुरु गरेका थिए । सोहीअनुसार उनले ४ सन्तानमा ८० प्रतिशत व्यवसाय बाँडे । भारतका सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक मुकेश अम्बानी पनि वाल्टन परिवारको यो मोडेलका अनुयायी हुन् र उनले पनि यही मोडल अन्तर्गत आफ्नो व्यापार उत्तराधिकार योजना बनाएका थिए ।

वालमार्ट धेरै देशहरूमा अर्को नाममा

अहिले वालमार्टका विश्वभर १०,००० भन्दा बढी स्टोरहरू छन् । तर ती मध्ये धेरै स्टोरहरूमा वालमार्ट नाम छैन । वास्तवमा, वालमार्ट विश्वव्यापी रुपमा ६० विभिन्न नाम अन्तर्गत सञ्चालनमा छ । वालमार्टले धेरै देशहरूमा कम्पनी किन्छ र आफ्नो नाम परिवर्तन नगरी आफ्नो व्यापार गर्छ । यूकेमा वालमार्ट जस्तै आज्दा, जापानमा सियु र भारतमा बेस्ट प्राइस नाममा चल्छ ।

वालमार्ट स्टोरहरू अमेरिकाभन्दा फरक

वालमार्टका भारतमा २८ थोक स्टोरहरू छन् । तीमध्ये २ वालमार्टको स्वामित्वमा छन् र बाँकी भाडामा छन् । वालमार्टले सन् २००७ मा भारतको भारती इन्टरप्राइजेजसँग सम्झौता गरेको थियो । उनीहरूले मिलेर बेस्ट प्राइस नामक २० सुपरस्टोर खोलेका छन् । तर, २०१३ मा दुवैले अलग हुने निर्णय गरे । यसपछि वालमार्टले सञ्चालन गर्न थाल्यो । सन २०१८ मा, वालमार्टले प्mिलपकार्टको ७७ प्रतिशत सेयर किनेको थियो । त्यसपछि २०२० मा, फ्लिपकार्ट समूहले भारतमा वालमार्टको थोक व्यापार किन्यो र अब फ्लिपकार्ट होलसेल नामबाट व्यापार सुरु गर्यो । वास्तवमा, यसको थोक व्यवसायलाई अलग राख्नुको सट्टा, वालमार्टले यसलाई फ्लिपकार्टसँग एकीकृत गरेको छ । भारतमा फ्लिपकाटबाहेक, वालमार्ट सँग मिन्त्रा र फोनपेमा पनि सबैभन्दा ठूलो शेयर होल्डिङ छ ।

वालमार्टको सबैभन्दा धेरै बिक्री हुने उत्पादन केरा

विश्वको सबैभन्दा ठूलो रिटेल चेन वालमार्टको बारेमा यति धेरै पढिसकेपछि, अब तपाई सोच्दै हुनुहुन्छ कि यहाँ सबैभन्दा बढी के बिक्छ ? उत्तर एउटा फल हो र त्यो केरा हो । हो, धेरैजसो केराहरू विश्वभर वालमार्ट स्टोरहरूमा बेचिन्छन् । बिजनेश इनसाइडरको एक रिपोर्ट अनुसार, उपभोक्ताहरूले केरालाई रुचाउँछन् किनभने तिनीहरू प्याक गर्न र खान सजिलो र धेरै सस्तो हुन्छन् । कम्पनीले वार्षिक रूपमा विश्वभर करिब एक बिलियन पाउण्ड (करीब १ खर्ब ५० अर्ब) को केरा बेच्छ र केरापछि ट्वाइलेट पेपर दोस्रो सबैभन्दा धेरै बिक्री हुने उत्पादन हो । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL