Logo

धेरैजसो व्यापार व्यवसायमा कामदार राखिँदैन, कामदार राखेकाको बार्षिक तलव खर्च औसतमा ६ लाख

धेरैजसो व्यापार व्यवसायमा कामदार राखिँदैन, कामदार राखेकाको बार्षिक तलव खर्च औसतमा ६ लाख



काठमाडौं । नेपालमा व्यापार व्यवसाय गर्ने अधिक व्यवसायीहरुले परिवारकै सदस्य संलग्न भएर व्यापार व्यवसाय गरिरहेको पाईएको छ । शुक्रबार केन्द्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा संचालित व्यापार व्यवसायमध्ये केहि व्यवसायमा मात्रै तलवी कामदार राखेर चलेको देखिएको हो ।

laxmi

व्यापार व्यवसायमा संलग्न रहेका अधिकांश व्यक्ति जागिर गर्नेभन्दा पनि आफ्नो व्यवसायमा आबद्ध हुने गरेको पाइएको छ तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणले यस क्षेत्रमा तलब ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा तलब त्याला र अन्य सुविधा नलिइ परिवारका सदस्य नै काममा सन्तान रहेका व्यक्तिको सङ्ख्या बढी रहेको देखिएको छ ।

यस क्षेत्रमा संलग्न जम्मा कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारको सङ्ख्या दुई लाख १९ हजार पाँच सय ५१ छ । जसमा महिला ४५ हजार नौ जना अर्थात् २० दशमलव ५० प्रतिशत र पुरुष एक लाख ७४ हजार पाँच सय ४२ जना आर्थत् ६० दशमलव ६० प्रतिशत छन् ।

तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलब ज्याला र अन्य सुविधामा प्रतिप्रतिष्ठान औसत वार्षिक ६ लाख चार हजार नौ सय १२ रुपैयाँ खर्च हुने गरेको देखिएको छ । त्यस्तै प्रतिकामदार औसत वार्षिक रु दुई लाख आठ हजार चार सय ९४ खर्च देखिन्छ ।

नेपालमा सञ्चालनमा रहेका थोक तथा खुद्रा व्यापार गर्ने कूल चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्ये ६८ दशमलव २३ प्रतिशत कुनै न कुनै सरकारी निकायमा दर्ता भएको र ३१ दशमलव ८ प्रतिशत प्रतिष्ठान दर्ताबिनै सञ्चालन भइरहेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा थोक व्यापार गर्ने ६ दशमलव ४२, खुद्रा व्यापार गर्ने ३३ दशमलव ३८ र सवारी व्यापार तथा मर्मतसम्भार गर्ने २२ दशमलव ५४ प्रतिशत संस्था दर्ताबिनै सञ्चालन भइरहेको पनि सर्वेक्षणबाट देखिएको छ ।

सर्वेक्षण प्रतिवेदनअनुसार व्यापार क्षेत्रमा ११ लाख ३० हजार छ सय ४५ जना मानिस संलग्न छन् । सोमध्ये महिला चार लाख तीन हजार नौ सय ६४ जना अर्थात् ३६ प्रतिशत र पुरुष सात लाख २६ हजार छ सय ८१ जना अर्थात् ६४ प्रतिशत रहेका छन् । दर्ता भएका चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमध्येमा ७४ दशमलव दुई प्रतिशतमा पुरुष र २५ दशमलव आठ प्रतिशत महिलाको नाममा दर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL