Logo

ढुंगाजन्य वस्तुको आयात खुकुलियो, हट्यो शतप्रतिशत नगद मार्जिनको व्यवस्था

ढुंगाजन्य वस्तुको आयात खुकुलियो, हट्यो शतप्रतिशत नगद मार्जिनको व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले ढुंगाजन्य वस्तुको आयात खुकुलो गरेको छ । बैंकले शुक्रबार एकिकृत परिपत्र २०७८ मा संशोधन गर्दै ढुंगाजन्य पदार्थमा लाग्दै आएको शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाएको हो । परिपत्रमा संशोधन गर्दै बैंकले हार्माेनिक कोड ‘६८’ अन्तर्गत आयात हुने हरेक वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हटाईएको जानकारी दिएको छ ।यसअघि कसैले ढुंगाजन्य पदार्थ जस्तै, सिमेन्ट, स्लेट, मार्वल, ग्रेनाईटलगायतका वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राखेर मात्रै आयात प्रतितपत्र खोल्न पाउने व्यवस्था थियो ।

अब यस्ता वस्तुको आयात प्रतितपत्र खोल्दा नगद मार्जिन नराखीकनै आयात गर्न पाईने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । यस्तै राष्ट्र बैंकले अस्पताल विद्यालयलगायतका लागि आवश्यक सामग्री बोलपत्र मार्फत आयात गर्नुपर्दा बोलपत्रदाताले सार्वजनिक निकायको सिफारिसमा विना नगद मार्जिन वस्तु आयातको प्रतितपत्र खोल्न पाउने व्यवस्था गरेको छ ।
यस्तै राष्ट्र बैंकले ‘९४०१’ हार्माेनिक कोड अन्तर्गत आयात हुने रंगशालामा प्रयोग हुने कुर्सी र ‘३९०३’ कोडअन्तर्गत आयात हुने प्लास्टीकको कच्चा पदार्थमा पनि शतप्रतिशत नगद मार्जिनको व्यवस्था हटाईएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL